coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

यादव प्रमुख निर्वाचन आयुक्त

काठमाडौं- संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगको प्रमुख आयुक्तमा अयोधीप्रसाद यादवको नाम अनुमोदन गरेको छ। समितिले शुक्रबार फिर्ता पठाउनुपर्ने आधार र कारण नदेखिएको ठहर गर्दै यादवको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

समितिले अनुमोदन गरेको पत्र राष्ट्रपति कार्यालयमा पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गर्नेछिन्। यादवले शुक्रबार समितिमा उपस्थित भएर आफूमाथि परेका उजुरी र सांसदले सोधेका प्रश्नको जवाफ दिएका थिए।

समितिका अधिकांश सदस्यले निर्वाचनको अनुभव र विद्युतीय भोटिङ मेसिन प्रयोगबारे यादवसँग जिज्ञासा राखेका थिए। दुईपटकसम्म निर्वाचन आयुक्त भएका यादवलाई आगामी दिनमा ती अनुभव प्रयोग सम्बन्धमा पनि सांसदले सोधेका थिए। समिति सदस्य गणेशमान गुरुङ र अष्टलक्ष्मी शाक्यले विभिन्न देशको निर्वाचन प्रक्रियाबाट सिकेको अनुभव र संविधानसभाका दुईवटा निर्वाचनक्रममा भएका आचारसंहिता उल्लंघनका घटनाबारे यादवसँग जिज्ञासा राखेका थिए।

नेपाली कांग्रेसका बालकृष्ण खाँडले नेपाली वैज्ञानिकले नै विकसित गरेको भोटिङ मेसिन प्रयोग गर्न आयोगलाई परेको अप्ठेरो, योगेन्› चौधरीले निर्वाचनमा बाहुबली र बढी खर्च गर्ने प्रवृत्ति रोक्ने योजना, चित्रलेखा यादवले सिरहा क्षेत्र नम्बर ५ को निर्वाचनमा भएको धाँधली, सइन्› बान्तवाले ज्येष्ठ नागरिकलाई मतदानमा सहभागी गराउने तयारी, अनिता परियारले नयाँ नेपालमा निर्वाचन प्रक्रियाको नयाँ तौरतरिका, नेता प्रकाशशरण महतले  विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्थासम्बन्धमा चासो राखेका थिए।

सांसदका प्रश्नको जवाफ दिँदै यादवले निर्वाचन आयुक्तमा हासिल गरेको सम्पूर्ण उपलब्धिलाई आगामी निर्वाचनमा सदुपयोग गरी पारदर्शी र स्वच्छ निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरे। 'निर्वाचन गराउने आत्मविश्वासको प्रश्न मलाई नगरे हुन्छ,' उनले भने, 'मैले आजसम्म केही नराम्रो काम गरेको छैन, सार्वजनिक ठाउँमा एक्लै हिँड्न पनि कुनै डर छैन।'

निर्वाचन आचारसंहिताका विषयमा सबै ठाउँमा अनुगमन गर्न सम्भव नहुने भएकाले संविधानसभाका दुईवटा निर्वाचनक्रममा एकाध ठाउँमा उल्लंघन भएको हुनसक्ने स्वीकार गर्दै त्यसलाई आगमी दिनमा सुधार गर्नुपर्ने यादवले बताए। 'आयोगले क्यामेरामार्फत अनुगमन गरिरहेको हुन्छ,' यादवले भने, 'तर त्यसमा पनि फिल्डमा खटिएको कर्मचारीको भनाइलाई प्राथमकिता दिँदै विश्वास गर्ने आयोगको परम्परा हो।' सिरहा ५ मा निर्वाचन अधिकृतको प्रतिवेदनलाई आयोगले तत्कालीन समयमा मान्यता दिएको उनले बताए। 

नेपालमा भोटिङ मेसिन चलाउनका लागि वैधानिकता प्रमाणित हुनुपर्ने जानकारी गराउँदै यादवले त्यसपछि आयोगले प्रयोगमा ल्याउनसक्ने बताए। 'सम्बन्धित मन्त्रालयबाट प्रमाणित भएर आए मात्र लागू गर्न सकिन्छ,' यादवले भने, 'भारतमा प्रमाणित भएकाले यो लागू भएको छ, नेपालमा धेरै दल दर्ता भएकाले पनि समस्या हुने देखिन्छ।'

को हुन् यादव?

२०१२ सालमा प्रशवनी– ७, बनौली, सप्तरीमा जन्मेका यादव कुशल अनुसन्धानकर्ता र प्राध्यापकसमेत हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट बिए, बिएल र एक वर्षे बिएड (अंग्रेजी) उत्तीर्ण गरेका छन् भने बाबा अम्बेडकर बिहार विश्वविद्यालय, भारतबाट स्नातकोत्तर र पिएचडी गरेका छन्। महेन्› मोरङ क्याम्पसमा सहायक प्राध्यापक रहेका उनी जुट विकास तथा व्यापार संस्थानमा केही समय महाप्रबन्धकसमेत थिए। २०६३ साल पुस २७ देखि २०६९ पुस २६ गतेसम्म निर्वाचन आयुक्तको रूपमा यादवको अनुभव  छ।

अर्थशास्त्रमा विद्यावारिधि उनका नेपालको अर्थ–राजनीति र सामाजिक राजनीतिक स्वरूपका विषयमा दर्जनौँ पुस्तक प्रकाशित भएका छन्। २४ वर्षे अध्यापन अनुभव रहेका यादवसँग नेपाल बार एशोसिएसन, स्थानीय नागरिक समाजसँगको कार्य अनुभव पनि रहेको छ।

‘मंसिरमा निर्वाचन गर्न तयार'

सांसदले सोधेका प्रश्नमा जवाफ दिँदै यादवले आयोगलाई आवश्यक पर्ने कानुन र अन्य व्यवस्था भए मंसिरमै स्थानीय निकाय निर्वाचन गर्न सक्षम रहेको टिप्पणी गरेका छन्।  निर्वाचनका लागि साउनभित्रमा सम्पूर्ण तयारी गर्नुपर्ने उनको भनाइ थियो। 'प्रशासनिक युनिट खडा गर्नुपर्छ, निर्वाचन केन्› पुनर्संरचना पनि सकिन जरुरी छ,' उनले भने, 'यो सबै साउन मसान्तभरमा भइसक्ने हो भने मंसिरमा निर्वाचन गर्न समस्या छैन।'

स्थानीय निकायको निर्वाचन मंसिरमै सक्ने भन्दा पनि सुरु गर्न सकिने उनले बताए। 'कम्तीमा १५ दिनदेखि एक महिना लगाएर चरणबद्ध निर्वाचन गर्न सकिन्छ,' उनले प्रस्ट्याए, ‘त्यसैले मंसिरमा सक्ने होइन कि मंसिरदेखि सुरु गर्नुपर्छ।' विपक्षी दल र अन्य विज्ञले मंसिरमा निर्वाचन गर्न असम्भव भनिरहेको समयमा उनले यस्तो बताएका हुन्।

प्रकाशित: २५ असार २०७३ ०२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App