८ वैशाख २०८१ शनिबार
राजनीति

पाठेघर र स्तन क्यान्सरको निशुल्क उपचार गर्छौं : महिलामन्त्री खड्का

काठमाडौं- महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले महिलामामात्र लाग्ने पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने घोषणा गरेका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री खड्काले त्यसका लागि सरकारी अस्पतालसँग  सम्झौता गर्ने तयारी गरेको बताए।

सरकारले निशुल्क उपचार गर्ने भएपछि धेरै महिलाले राहत पाउने मन्त्री खड्काको दाबी छ। 'हामी लोकप्रिय हुने भन्दापनि महिलाले राहत पाउनुपर्छ भन्ने उद्देश्यले निशुल्प उपचारको व्यवस्था गर्न लागिएको हो,' मन्त्री खड्काले भने, 'यसबाट क्यान्सर लागेका महिलाले राहत महसुस गर्ने हामीले अपेक्षा लिएका छौं।'

मन्त्री खड्काले देशका कुनै पनि ठाउँमा महिलामाथि भएका घरेलु हिंसालगायत सबै प्रकारका हिंसाका घटनामा राज्यले पीडितको उद्दार गर्ने, कानुनी सहायता दिने, उपचार तथा पूनःस्थापना गर्न तत्काल जिम्मेवार समूहको निर्माण गर्ने जानकारी दिए।

उनले आर्थिकरुपमा महिलालाई सशक्त बनाउने उद्देश्यले महिलालाई आयमुलक सिप प्रदान गर्ने, बजार र रोेजगारसँग जोड्न  राष्ट्रिपति महिला उत्थान कार्यक्रमको सुरुवात गर्ने जनाए। राष्ट्रपति महिला उत्थान कार्यक्रम फागुन २३ गते कपिलबस्तुबाट सुरु गर्ने मन्त्री खड्काले जानकारी दिए।

मन्त्रालयले  प्रत्येक जिल्लामा बालिबालिकाका लागि खेलकुल, मनोञ्जन र शारीरिक अभ्यासको व्यवस्थासमित बाल उद्यान स्थापना गर्ने तयारी गरेको छ। 'आगामी आर्थिक वर्षमा २१ वटा र यही आर्थिक वर्षमा १० वटा बाल उद्यान निर्माण गर्ने लक्ष्य लिएका छौं,' उनले भने, 'प्रत्येक जिल्लामा जेष्ठ नागरिकका लागि बृद्धाश्रमको निर्माण गर्ने लक्ष्यअनुसार आउँदो आर्थिक वर्षमा  प्रत्येक प्रदेशमा १ वटाको  दरले नमुना सशुल्क बृद्धाश्रम निर्माण गरिनेछ।'

मुलुकका सबै स्थानीय तहमा कम्तिमा एउटा बृद्धाश्रम रहनेगरी आगामी आर्थिक  वर्षमा मुलुकभर ४९० बृद्धाश्रम खोलिने मन्त्री खड्काले जानकारी दिए।

कमाइको दश प्रतिशत आमाबुबालाई

मन्त्री खड्काले सार्वजनिक गरेको योजनामा प्रत्येक सन्तानले आफ्नो कमाइको दश प्रतिशत रकम आफ्ना बाबुआमाको खातामा अनिवार्य जम्मा गर्नुपर्ने बताए। आफ्ना सन्तालाई बाबु आमाप्रतिको कर्तव्यबोध गराउन मन्त्रालयले आफ्नो कमाइको दश प्रतिशत आमा बुबाको खातामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गर्न लागिएको मन्त्री खड्काले जानकारी दिए।

'त्यसो हुन सक्यो भने बृद्धावस्थामा आमाबुवा तिरस्कार हुनुपर्ने अवस्था आउने छैन,' उनले भने।

प्रकाशित: १६ फाल्गुन २०७३ ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App