७ वैशाख २०८१ शुक्रबार
राजनीति

द्रब्य शाह क्याम्पस गोरखामा विष्फोट

गोरखा- फागुन १८ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने गोरखाका दुईवटै क्याम्पमा तनाब सिर्जना भएको छ। एकमात्रै आंगिक क्याम्पस गोरखा क्याम्पस गोरखामा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ भने द्रब्यशाह बहुमुखी क्याम्पसमा अज्ञात समूहले सुतली बम बिष्फोट गराएको छ।

मनोनय दर्ताको क्रममा दोस्रो नम्बरमा अखिल क्रान्तीकारीलाई नराखिएको भन्दै तालाबन्दी गरिएको अखिल क्रान्तीकारीले क्याम्पस हातामा टाँसेको बिज्ञप्तीमा उल्लेख छ। तलाबन्दीपछि गोरखा क्याम्पसमा निर्वाचनको कुनै काम अगाडी नबढेको निर्वाचन अधिकृत यदु अधिकारीले जानकारी दिए। यसैबीच द्रब्यशाह बहुमुखी क्याम्पस हातामा आज बिहान सुतली बम बिष्फोट भएको छ। एक्कासी ठूलो आवाज क्याम्पस हातामा आएपछि त्यहाँ रहेका कार्यालय सहयोगी र केही विद्यार्थीले प्रहरीमा खबर गरेका थिए। सुलती बम पड्काएको तर कसले भन्ने बारे यकिन थाहा नभएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखा सदरमुकामको यी दुईवटा क्याम्पसमा चुनावका लागि मनोनय दर्ता भईसकको छ। गोरखा क्याम्पसमा करिब छ सय द्रब्याशाहमा चार सय ५० विद्यार्थी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सहभागी हुँदैछन्।

 

प्रकाशित: १६ फाल्गुन २०७३ ०९:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App