coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सैनिक प्रवक्ता कार्की मानार्थ उपरथी

काठमाडौं– नेपाली सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीलाई मानार्थ उपरथी दर्जा प्रदान गरिएको छ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्रवक्ता सहायक रथी कार्कीलाई सोमबार जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच मानार्थ उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका हुन।

सैनिक जनसम्पर्क निर्देशनालयले सैनिक सेवा नियमावली २०६९ को व्यवस्था अनुसार नेपाली सेनाका साधारण तर्फका सहायक रथी कार्कीको कार्यदक्षता  संस्थाप्रतिको विशेष योगदानको आधारमा सिफारिस भए अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय बमोजिम मानार्थ उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरिएको हो। 

यस्तै महा सेनानी (पाईलट) कुमार रायमाझीलाई प्रधानसेनापति क्षत्रीले सहायक रथी (पाईलट) दर्जाको दज्र्यानी चिन्ह समेत प्रदान गरेका थिए। 

प्रकाशित: १६ फाल्गुन २०७३ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App