coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

माछापुच्छ्रेको जित

काठमाडौं- माधव सुवेदीको अविजित ४५ रनप्रेरित माछापुच्छ्रे बैंकले सोमबार कर्पोरेट क्ल्यासमा बैंक अफ काठमाडौं लुम्बिनीलाई ४ विकेटले पराजित गरेको छ। रोयल काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा टस जितेर ब्याटिङ गरेको बैंक अफ काठमाडौं लुम्बिनीले १०.२ ओभरमा सबै विकेट गुमाएर ७६ रन बनाएको थियो। बैंक अफ काठमाडौं लुम्बिनीका किरण थापाले १५ र सविन गिरीले १४ रन बनाए भने श्रीजल मानन्धर र गणेश खत्रीले समान ९ रन बनाए।

माछापुच्छ्रेका नरेश सापकोटाले ३ विकेट लिए भने सुनीत श्रेष्ठ र माधव सवेदीको नाममा १/१ विकेट रह्यो।

७७ रनको लक्ष्य माछापुच्छे्रले १ बलअघि ३ विकेट गुमाएर पूरा गरेको थियो। माछापुच्छ्रेका माधवले ४२ बलमा ४५ रन बनाए। उनले ३ चौका र ३ छक्का प्रहार गरे। सुनीतले ९ र नरेशले ७ रन जोडे। बैंक अफ काठमाडौं लुम्बिनीका किरण थापाले २ तथा रविन शाहीले १ विकेट लिए।

आइतबारै नेपाल लाइफ इन्स्योरेन्स (एनएलआइसी)ले रुस्लान क्रिकेटलाई सुपर ओभरमा २ विकेटले पराजित गर्‍यो। टर हारेर ब्याटिङका लागि निम्त्याइएको एनआइआइसीले ५ विकेट गुमाएर ७९ रन बनाएको थियो। जबाफी ब्याटिङ गरेको रुस्लानले पनि ६ विकेट गुमाएर ७९ रन बनाएपछि खेल सुपर ओभरमा लम्बिएको थियो। सुपर ओभरमा रुस्लानले २ विकेट गुमाएर ४ रन बनायो। जुन एनएलआइसीले बिनाविकेट क्षति २ बल खेलेर पूरा गरेको थियो।

त्यस्तै, अरविन्द रानाको अर्धशतकप्रेरित आइसिएफसीले एनआइसी एसियालाई १९ रनले पराजित गर्‍यो।  अरविन्दले ३९ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५१ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको आइसिएफसीले सबै विकेट गुमाएर ८६ रन बनाएको थियो। अरविन्दलाई नीतेश तिवारीले २० रन बनाएर साथ दिए। एनआइसी एसियाका केशव गिरि र विजय तुलाधरले २/२ विकेट लिए।

८७ रनको लक्ष्य पछ्याएको एनआइसी एसियाले ६ विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो। एनआइसी एसियाका विजयले २० रन बनाए भने केशव २३ रनमा अविजित रहे। आइसिएफसीका समीर क्षत्रीले २ विकेट लिए भने अरविन्द र गेहेन्द्रबहादुर खत्रीले १/१ विकेट लिए।

प्रकाशित: १७ फाल्गुन २०७३ ०४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App