७ वैशाख २०८१ शुक्रबार
अर्थ

सिप्रदीको डायनामिक टाटा टियागो कार

काठमाडौं- भारतीय अटो मोबाइल कम्पनी टाटा मोटर्सको नेपालका लागि  आधिकारिक बिक्रेता सिप्रदी टे्रडिङ प्रालि हो। सिप्रदीलेे टाटा मोटरको व्यावसायिक भेइकल सन् १९८२ देखि र प्यासेन्ज भेइकल सन् २००० देखि बिक्री गर्न थालेको हो। अटोमोबाइलमा सिप्रदी देशकै सबैभन्दा ठूलो मार्केट र सर्भिस नेटवर्क कम्पनी रहेको छ। उक्त कम्पनीको मार्केट नेपाली बजारमा अग्रपंक्तिमा रहेको कम्पनीको दाबी छ।  

कम्पनीले नेपाली बजारमा ल्याएको नयाँ स्पोर्टी ह्याचब्याक टाटा टियागो कार बजारमा ल्याएसँगै आकर्षण बढेको छ। २२ लाख ५५ हजार रुपैयाँमा उक्त कार किन्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीका महाप्रबन्धक, प्रविन खतिवडाले भने, ‘अत्याधुनिक डिजाइनसहित डाइनामिक ड्राइभिङ सुविधाले उत्पादन गरिएको टाटा टियागो नाडा अटो सोमा सार्वजनिक गरिएको हो।’ उनका अनुसार नयाँ रिभोटर्न १.२ लिटर पेट्रोल इन्जिन सहितको उक्त कारको बुकिङ नेपालभर खुल्ला छ।

कम्पनीले प्रदान गर्ने अन्य सुविधा जस्तै ४८ घन्टामा मर्मत ग्यारेन्टी, फास्ट ट्र्याक सेवा, झन्झटरहित सेवाका लागि २४ घन्टे ग्राहक सेवा सुविधा आदिको जानकारी एवं प्रयोगका लागि टाटा मोटर्स कनेक्ट मोबाइल एप्लिकेसनद्वारा ग्राहकलाई स्तरीय सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ।

टाटा टियागोको सुरक्षित विशेषता अन्तर्गत फ्रन्ट एयरब्याग, नवौं जेनेरेसनको अत्याधुनिक एबिए र इबिडी कर्नर स्टेबिलिटी कन्ट्रोल, इन्फोटेनमेन्टमा डिस्प्लेसहित रियर पार्किङ सेन्सर, अत्याधिक सुरक्षाको लागि इनर्जी अबजर्भिङ बडी बनावट आदि रहेको कम्पनीका महाप्रबन्धक खतिवडाले जानकारी दिए।

टाटा टियागो कारमा टाटा मोटसर््ले चार वर्षको वारेन्टी अर्थात ७५ हजार किलोमिटर दिने कम्पनीले जनाएको छ। एक्सई, एक्सएम र एक्सजेट भेरियन्टमा उपलब्ध उक्त कार ६ वटा आकर्षक रङ स्ट्राइकर ब्लु, बेरी रेड, सनब्रस्ट अरेन्ज, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट र प्लाटिनम सिल्भरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

किन्न किन्ने सिप्रदीको टियागो कार?

डायनामिक स्पोर्टी ह्याचब्याक कार, टाटा टियागो हालै विभिन्न अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मानित भई वर्षकै सर्वोत्कृष्ट ह्याचब्याक साबित भएको छ। उक्त कारले सिएनबिसी टिभी १८ ओभरड्राइभ अवार्ड २०१७ मा ‘कम्प्याक्ट कार अफ द इयर’, त्यसैगरि अटो पोर्टल बेस्ट कार अवार्ड २०१७ मा ‘बेस्ट ह्याचब्याक अफ द इयर’ र एनडिटिभि कार एन्ड बाइक अवार्ड २०१७ मा ‘इन्ट्री ह्याचब्याक अफ द इयर’ अवार्ड पाउन सफल भएको छ।

अत्याधुनिक डिजाइन सहित डाइनेमिक ड्राइभिङ सुविधायुक्त टाटा टियागोले उत्कृष्ट उत्पादनको प्रतिनिधित्व गर्दछ। आकर्षक बडी विथ सार्प लाइन, सिग्नेचर हेग्जागन ग्रिल र नयाँ बहुमुखी विशेषतासहित विश्वासिलो, चुस्त एवं साहसिक टाटा टियागोले अत्याधुनिक इन्टेरियरको समेत प्रतिनिधित्व गर्दछ। साथै २१औं शताब्दीको सिटी र इको जस्ता मल्टी ड्राइभ मोडले फ्युल इकोनोमी कायम राखी उत्कृष्ट ड्राइभिङको अनुभव  प्रदान गर्ने कम्पनीले जनाएको छ।

टाटा टियागो ५.४९ प्रतिशत ब्याजदरमा

सिप्रदी टे्रडिङ प्रालिले ग्राहकका लागि न्यूनतम ब्याजदर र सहज किस्ताबन्दीमा टाटा टियागो उपलब्ध गराइरहेको छ। एभेरस्ट बैंकको साझेदारीमा सिप्रदीले ल्याएको उक्त अफरमा ग्राहकले ५.४९ प्रतिशतको न्यूनतम ब्याजदरमा टाटा टियागो खरिद गर्न सक्नेछन्।

बिक्री, सेवा र स्पेयर पाटर््समा नेपालकै सबैभन्दा ठूलो सञ्जाल रहेको सिप्रदीका अनुसार मानिसको गाडी किन्ने रहर भए पनि एकमुष्ठ पैसा तिर्न गाह्रो हुने भएकाले सहज पार्न उक्त अफर ल्याइएको कम्पनीले जनाएको छ। टाटा टियागोको खरिदमा ग्राहकले २५ हजार बराबरको फ्रि–एक्सेसरिज पनि प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ।

अटो बजारमा समस्या

कम्पनीका महाप्रबन्धक खतिवडाले अटो बजारमा भूकम्प र नाकाबन्दीको असर बिस्तारै न्यून हुँदै गएको अवस्थामा राष्ट्र बैंकको अटो लोन नीतिका कारण फेरि अटो बजार समस्यामा फसेको बताए। बजार तरलताको अवस्था र ५० प्रतिशतमात्र बैंकले फाइनानसियल गर्ने नीतिका कारण कारोबार खस्केको खतिवडाको भनाइ छ।

अटो मोबाइल क्षेत्रमा सरकारले फाइनानसियलमा लगाएको ५० प्रतिशत लगानीलाई ७० प्रतिशतसम्म बैंकले बढाउनुपर्ने उनको माग छ। महाप्रबन्धक खतिवडाले भने, ‘प्रतिस्पर्धात्मक बजारमा अहिलेको परिस्थितिमा हाम्रो नयाँ उत्पादन टियागो कारमा ५.४९ प्रतिशतको ब्याजदरमा सर्वसाधारणका लागि उपलब्ध गरेका छौं। टियागो  नेपालको सडक सुहाउँदो एउटा उपयुक्त कार हो।’

प्रकाशित: १७ फाल्गुन २०७३ ०४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App