८ वैशाख २०८१ शनिबार
राजनीति

‘बाँकी क्याम्पसमा दुई वर्षपछि मात्र स्ववियु चुनाव’

भक्तपुर– त्रिभुवन विश्वविद्यालय केन्द्रीय निर्वाचन समितिका संयोजक एवम् शिक्षााध्यक्ष डा. सुधा त्रिपाठीले बुधबार स्ववियुको निर्वाचन हुन नसेकका क्याम्पसमा अबको दुई वर्षपछि मात्र निर्वाचन हुने बताएकी छन्। 
देशभरी स्थगित भएका क्याम्पसमा दुई वर्षपछि मात्र निर्वाचन हुने त्रिपाठीले बताइन्। रफत सञ्चार क्लबमा बुधबार बोल्दै उनले उपत्यकाका ७ वटा र उपत्यकाबाहिरका १५ वटा क्याम्पसमा निर्वाचन भएको बताइन्। 
क्याम्पसले विद्यार्थी संगठनसँग आन्तरिक सहमति गरेर स्ववियु निर्वाचन गराउन सक्ने भए पनि त्रिवि निर्वाचन समितिले भने अब निर्वाचन नगर्ने उनले बताइन्। आजबाट निर्वाचन समितिको विघटन हुने र दुई वर्षपछि मात्र निर्वाचन हुने बताइन् । 

'१८ गतेपछि २०७५ फागुन १८ अगाडि कुनै पनि क्याम्पसमा स्ववियू निर्वाचन हुँदैनन्,' उनले भनिन्। 

 

प्रकाशित: १८ फाल्गुन २०७३ १२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App