coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

माटोको ढिस्कोले पुरिएर मृत्यु

कालिकोट– घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। मान्म –८ बस्ने २३ वर्षीया सीता पाण्डेको माटोको ढिस्कोले पुरिएर बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ। 

मान्म–९ टाडीस्थित सजन पाण्डेको घडेरी खनेको स्थानमा घर पोत्ने माटो लिन गएको अवस्थामा माथिबाट माटोको ढिस्को आई उनी लगायत ७ जना पुरीँएका थिए। 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पुरिएकाहरुको उद्दार गरी उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल कालीकोट पठाएकोमा सीता पाण्डेको उपचारको क्रममा मृत्यु भएको थियो।

प्रकाशित: १८ फाल्गुन २०७३ १३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App