८ वैशाख २०८१ शनिबार
समाज

ट्रक दुर्घटनामा सात घाइते

सुर्खेत– सदरमुकाम वीरेन्द्रनगरबाट साटाखानी जाँदै गरेको ट्रक धुलियाविट–भेडाबारी सडकखण्डको भुतचोक नजिक दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् ।

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले ट्रकको अघाडिको भागमा च्यापिएका सातै जनाको उद्दार गरिएको बताए । 

बुधबार १२ बजेतिर भे१ख २२४६ नम्वरको ट्रक सडकदेखि ३० मिटर तल खसेको थियो । ट्रकमा ग्याँसका सिलिण्डर, सिमेन्ट र फलामे छड लोड गरिएको थियो । ‘घटना भएका २० मिनेटमै तीन वटा स्काइभेटर लगेर उद्दार ग¥यौं’ उनले भने, ‘ढिलो भएको भने मानवीय क्षति हुनसक्थ्यो ।’

दुर्घटनामा ट्रक चालक साटाखानी का टोपबहादुर सोमै, सहचालक सन्तोष केसी, ट्रकमा यात्रा गरिरहेका वीरेन्द्रनगर–५ कि कमला विक, वीरेन्द्रनगर–१३ कि सीता चौधरी, साटाखानी–७ का हरिमाया खाम्चा उनका तीन महिनाका छोरा दीनेश खाम्चा र १८ वर्षीया विमा खाम्चा घाइते भएका छन् । ति मध्ये हरिमाया र उनका तीन वर्षीय छोरा दिनेशको अवस्था गम्भीर छ ।

क्षेत्रीय अस्पताल कालागाउँमा उपचार हुन नसकेपछि दुबैलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । 

प्रकाशित: १८ फाल्गुन २०७३ १३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App