५ वैशाख २०८१ बुधबार
समाज

आहा ! तमोरको माछा

पाँचथर- ताराहाङ तावा जिल्ला आउँदा माझिटार नपुगि फकर्दैनन्। माझिटार पुग्नुको उनको मुख्य ध्येय हुन्छ, तमोरको माछा चाख्ने। फिदिम टेकिसकेपछि माझिटार जाने हुटहुटीले सताउने गरेको उनले अनुभव सुनाए। फिदिम देखि तमोरको माछा खान पाईने नजिकको ठाँउ भएकाले माझिटार रोजाईमा परेको हो।

तमोरमा पाईने विभिन्न माछाको स्वाद मिठो हुन्छ । ग्रामिण वस्तीमा पुरानो तरीकाले पकाइएको माछा जिब्रोमा पर्दा सबैले आहा भन्छन्। माझिटार माछाका लागि चर्चित छ । परम्परागत साना साना  घरहरु, माझि वस्ती तथा यहि आफ्नै शैलिमा पकाइएको माछा खादै रमाइलो गर्ने गरीन्छ । निलो तमोरको पानी तथा खोलावाट आउने हावाको झोक्काम रमाउँदै माछा खानुको मज्जानै बेग्लै हुने तावा सुनाउँछन्। बाँक्लो गरी माझिटारमा माछा खान जाने गरीन्छ।

मध्यपहाडी लोकमार्ग पुगेपछि फिदिमदेखि माझिटार सहजै पुगिन्छ । १२ किलोमीटरको यात्रा गर्दा माझिटार पुगिने गरिन्छ । यो मध्ये करिव ३ किलोमीटरमात्र कालोपेत्र हुन बाँकि छ । तमोरको पुलमा फोटो खिच्ने, पारी तेहथुमको आठराई हेर्दै माछा खानेहरुको संख्या उलेख्य हुन्छ । आधुनिकपन नदेखिएपछि साना–साना होटलहरु चलेकै छन्  । यहाँ माछा खानलाई बाक्लो गरी आउने गरेको  व्यवसायी कुमार तामाङ बताउँछन् । यहाँको माग अनुसार माछा पुर्‍याउनै समस्या भएको उनले बताए। उनका अनुसार प्रतिकेजी सात सय रुपैँया पर्छ । प्लेटको एक सय ५० ।  फिदिम आएका पाहुनलाई माझिटार पुर्‍याएर माछा चखाउने गरीन्छ। तमोरमा विभिन्न खाले माछा पाईन्छ । जाल हानेर माछा मार्ने माझिहरु हुन्छन् । करेन्ट लगाउने गर्दा माछा पाउन कठिन भएको बताईन्छ । पहिला माछा बजारसम्म ल्याएर विक्रि गरिन्थ्यो । अहिले खोलामानै हारालुछ हुने गरेको तामाङ बताउँछन्।

तमोर नदिका आसपासका विभिन्न ठाँउहरु माछाका लागि चर्चित छन् । ताप्लेजुङको दोभान, पाँचथरको माझिटार, सिमराह, लुमुघाट, सवासेरा, धनकुटाको मुलघाट माछाका लागि चर्चित छन् । सडक पुगेपछि सहज बनेका छन् ।  पहिला जसरी माछा पाईन छाडेको माझिटार जसवहादुर माझि बताउँछन् । तमोरको माछा कोशेलीका लागि पठाउने चलन पनि छ।

प्रकाशित: २० फाल्गुन २०७३ ०८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App