coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक

काठमाडौं–वर्तमान सरकार परिवर्तनको चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले सरकारमा सहभागी दलको बैठक बोलाएका छन्। आजै साँझ बालुवाटारमा बस्ने बैठकमा सरकारमा सहभागी सबै दललाई बोलाइएको छ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रिय सरकार गठन तथा सविधान कार्यान्वयनका विषयमा छलफल हुने बताइको छ।

‘मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, संविधान कार्यान्वयन तथा बजेट पारित गर्नेलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो,’ प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने,‘ बैठकमा समग्र विषयमा छलफल हुन्छ।’

स्रोतका अनुसार यही २९ गते पारित गर्नुपर्ने बजेटका विषयमा सरकारमा सहभागी दलको एउटै धारणा बनाउने विषयमा पनि छलफल हुनेछ। संविधान कार्यान्वयन, आन्दोलनरत पक्षको मागका विषयमा सरकारमा सहभागी दलको साझा धारणा बनाउने विषयमा पनि बैठकमा छलफल हुनेछ।  

 

प्रकाशित: २५ असार २०७३ ०८:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App