दुवई विमानस्थलद्वारा लगेज नियम परिवर्तन, डोरीले बाँधेका झोला, गुन्टा लान नपाइने

आइतबार, २२ फागुन २०७३, १६ : ४३ नारायण भुर्तेल, युएई


युएई-  युएईको दुबईस्थित अन्तरार्ष्ट्रिय विमानस्थले सेवालाई सुधार गर्न लगेजसम्बन्धी नियम परिवर्तन गर्ने भएको छ। नयाँ नियमअनुसार युएईमा कार्यरत कामदारहरुले घर फर्किंदा विमानस्थलबाट डोरीले बाँधिएका झोला, गुन्टा र कार्टुन लैजान पाउने छैनन्।

नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर रमेश पौडेलले डोरीले बाँधेका लगेज लैजान नपाइने स्थिति भएकाले अब यस्ता सामान नल्याउन नेपालीहरु समक्ष आग्रह गरे।

वैदेशिक रोजगारीमा आएकाहरु नेपालीले घर फर्किंदा डोरीले बाँधेका गुन्टा तथा कार्टुन लाने गरेका थिए। नयाँ नियम ८ मार्चदेखि लागू हुनेछ।

'दुवई अन्तरार्ष्ट्रिय विमानस्थलसँग विश्वकै सुविधासम्पन्न ब्यागेज प्रणाली छ', ट्रमिनल अपरेसन हेर्ने उपाध्यक्ष अलि अजिजले भनेका छन्, 'यस्तो सुविधासम्पन्न प्रणालीलाई अनियमित आकार र बढी तौल भएका ब्यागेजले असर पारिरहेको छ।'

सुरक्षाका दृष्टिले पनि विमानस्थल लगेज नियम परिवर्तन गर्नुपरेको उनले बताए।

डोरीले बाँधिएका झोला, गुन्टा र कार्टुनका कारण 'लगेज क्लेमर'मा जाम हुने गरेको उनले बताए। 'त्यस्तो जामले हाम्रो सम्पूर्ण प्रणाली बन्द गर्न सक्छ। यात्रुले ढिलो लगेज पाउने, विमान कम्पनीलाई गाह्रो हुने र हाम्रा ग्राहकलाई असर परिरहेको छ', उपाध्यक्ष अजिजको भनाई उदृत गर्दै इमिरेट्स ट्वान्टी फोर न्युजले जनाएको छ।

परिवर्तित नियमपछि एयरलाइन्स कम्पनीहरुले आफ्ना यात्रुहरुलाई लगेजको रुपमा डोरीले बाँधेका गुन्टा, कार्टुन नबनाउन आह्वान गरेका छन्। युएईमा नियमित उडान गर्ने नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर रमेश पौडेलले डोरीले बाँधेका लगेज लैजान नपाइने स्थिति भएकाले अब यस्ता सामान नल्याउन नेपालीहरु समक्ष आग्रह गरे।

सुरक्षा र लगेज व्यवस्थापनको कारण देखाउँदै दुवई विमानस्थलले लगेजसम्बन्धी नियम परिवर्तन गरेको हो।

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले काठमाडौं फर्किने नेपालीहरुलाई डोरीले नबाँधेका, गुन्टा नबनाएका दुई वटा लगेजमा ४० केजीसम्म लगेज निःशुल्क हुने जनाएको छ। दुई वटाभन्दा धेरै लगेजको हकमा ४० केजी निःशुल्क सुविधा नपाइने पौडेलले जानकारी दिए।

नेपाल एयरलाइन्सले काठमाडौं-दुवईको रुटमा दैनिक उडान गर्दै आएको छ।

तपाईको समाचार पठाउन यहाँ थिच्नुहोस् ।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

मोफसलका दर्शकसँग ‘कान्छी’

मोफसलका दर्शकसँग ‘कान्छी’

नायिका श्वेता खड्का आफूले अभिनय तथा निर्माण गरेको फिल्म ‘कान्छी’को प्रतिक्रिया लिन व्यस्त छिन्। काठमाडौंका हलबाट राम्रो प्रतिक्रिया पाएकी श्वेता...

आठ जिल्लामा फेरि ‘संरक्षण’

आठ जिल्लामा फेरि ‘संरक्षण’

गत साउन २७ गते सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘संरक्षण’ फागु पूर्णिमाको अवसर पारेर तराईका ८ जिल्लामा पुनः प्रदर्शन हुने भएको...

दुलही बन्दै एमी

दुलही बन्दै एमी

क्रिकेटर बिराट कोहली र अभिनेत्री अनुष्का शर्माको विवाह सन् २०१७को सबैभन्दा चर्चित विवाह रह्यो । यो साल भने सोनम कपुर...

खानासँगै संगीतको स्वाद

खानासँगै संगीतको स्वाद

पछिल्लो समयमा युवापुस्तामाझ रुचाइएका गायक रोहित जोन क्षेत्री शनिबार राजधानीमा युवापुस्तामाझ देखिँदा हुटिङ र ताली राम्रै पाए । उनी युवा...