७ वैशाख २०८१ शुक्रबार
राजनीति

२३ हजार ९ सय ९२ शिक्षक दरबन्दी आवश्यकः शिक्षामन्त्री पाेखरेल

काठमाडौँशिक्षामन्त्री गिरिराजमणि पोखरेलले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा दक्ष एवम् शिक्षित जनशक्ति तयार गर्नु अपरिहार्य भएको बताएका छन्।

व्यवस्थापिकासंसद्को बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत शिक्षा मन्त्रालयको छलफलमा सांसदले उठाएका प्रश्नकाे जवाफ दिँदै शनिबार उनले सन् २०२२ सम्ममा मुलुकलाई अल्पविकसित राष्ट्रबाट विकासशील देशमा स्तरोन्नति गर्नुपर्ने भएकाले तदनुरुपको शिक्षा प्रणाली बनाएर राष्ट्र निर्माणको महाअभियानमा सरकार लागेको स्पष्ट पारे।
 

हामीले शिक्षा नीति, योजना र रणनीति तयार गरेको तथा विद्यालय तहदेखि उच्च शिक्षासम्म समान महत्व र प्राथमिकताकासाथ सरकारले काम गरिरहेको बताउँदै उनले देशका सबै स्थानमा समयमा नै पाठ्यपुस्तक पुर्याउन आफू लागिपरेको जानकारी दिए। उनले समयमै पुस्तक छाप्ने र तत्काल जिल्लामा पनि पुर्याउने व्यवस्था गरिएको पनि बताए।

प्राथमिकस्तरका दरबन्दी क्रमशः कटौती गर्दै त्यसलाई माध्यमिक तहमा मिलान गर्नु आवश्यक भएको तथा २३ हजार नौ सय ९२ दरबन्दी आवश्यक भएको बताए। छलफलका क्रममा सांसदले दिएका सुझाव सम्भव भएसम्म कार्यान्वयन गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे। सांसद प्रेम सुवाल र रामहरि खतिवडाले मन्त्री पोखरेलसँग स्पष्टीकरण माग गरे। रासस

प्रकाशित: २५ असार २०७३ ११:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App