७ वैशाख २०८१ शुक्रबार
समाज

जाजरकाेट बस दुर्घटनामा १३ काे मृत्यु, ४० घाइते (अपडेट)

जाजरकाेट– जाजरकोटको सदरमुकाम खलंगाबाट खारातर्फ जाँदै गरेको ना३ख २२७९ नम्बरकाे यात्रुबहाक बस दुर्घटना हुँदा १३ जनाकाे मृत्यु भएको छ।

बसमा करिब ६० यात्रु सवार रहेको अनुमान गरिएको छ। दुर्घटनामा धेरैको हताहत भएको हुन सक्ने अनुमान गरिएको छ। 

उक्त बस जाजरकोटको भेरीमालिका नगरपालिका–४ बाेहरा भन्ने ठाउँ नजिक सडकबाट करिब २ सय मिटर तल खसेको हो। 

दुर्घटनामा १३ जनाकाे मृत्यु भएकाे जाजरकाेटका प्रहरी प्रमुख डिएसपी भावेष रिमालले जानकारी दिए। घटनामा घाइते ४० जनालार्इ जिल्ला अस्पताल जाजरकाेटकाे चाैरमा राखेर उपचार गराइरहेकाे उनले बताए। 

बसमा करिब ६० यात्रु सवार रहेको र दुर्घटनामा धेरैको हताहत भएको हुन सक्ने अनुमान गरिएको छ। सुरक्षाकर्मीले घाइतेहरूकाे उद्दार र मृतककाे शव संकलन गरिरहेका छन्। 

दुर्घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीले उद्दार गरिरहेका छन्। 

तस्बिरहरूः जनक केसी

प्रकाशित: २६ फाल्गुन २०७३ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App