coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जाजरकोट बस दुर्घटनाः २२ को मृत्यु, ४० घाइते,  २८ गम्भीर (अपडेट)

सडकबाट  २ सय मिटर तल पासागाड खोलामा खसेको बसको अवस्था ।  तस्बिरः जनक केसी

जाजरकोट– जाजरकोटमा बिहीबार यात्रुबहाक बस दुर्घटना हुँदा  २२ जनाको  मृत्यु भएको छ।  ४० जना घाइते भएका छन्। घाइते मध्ये २८ जनाको अवस्था गम्भीर रहेको छ।  समयमै उपचार नपाए  २८ जनाकै ज्यान जान सक्ने  स्वास्थ्यकर्मीहरुको भनाइ छ।

'तीव्र गतिमा गुडिरहेको उक्त गाडी मोडमा पुगेर बस चालक टोपबहादुर चन्दले  मोड्न खोज्दा सडक बाहिर गइसकेको थियो,'  भारतीले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भावेश रिमालका  अनुसार  मृत्यु हुनेहरुमा  लहँ–४ का रामवहादुर बस्नेत, सीमा ९ स्यापीका मदन पुन, भेरी मालिका नगरपालिका–४ बाेहराका नवीन चन्द छन्। अन्यकाे सनाखत हुन बाँकी छ ।  

सदरमुकाम खलंगाबाट  साल्मा गाविसको खारा तर्फ  यात्रु लिएर गइरहेको  ना.३ ख. २२७९ नम्बरको  यात्रुबाहक बस  खलंगाकै बाेहरास्थित मुल सडकबाट २ सय मिटर तल  पासागाड खोलाकाे किनारमा खसेकाे थियाे।  बसमा कति यात्रु थिए भन्ने अझै यकिन हुन सकेको छैन। 

बस सडकको मोडमा पुगेपछि नियन्त्रणबाहिर जाँदा सिधै भीरमा खसेको  दुर्घटनामा घाइते भएर जिल्ला अस्पताल जाजरकोटमा उपचार गराइरहेका भेरीमालिका नगरपालिका १२ भारती गाउँका चन्द्रबहादुर भारतीले बताए।

'तीव्र गतिमा गुडिरहेको उक्त गाडी मोडमा पुगेर बस चालक टोपबहादुर चन्दले  मोड्न खोज्दा सडक बाहिर गइसकेको थियो,'  भारतीले बताए ।  बस भीरबाट खसेपछि  आफू कसरी बाँचे भन्ने नै थाहा नभएकाे उनले बताए।

माथिल्लो सडकवाट  वस भीरमा ठक्कर खाँदै  खसेको  र यात्रुहरु विभत्स ढंगले मरेको आफुले देखेको प्रत्यक्षदर्शी खलंगा बाेहराकी विन्दु चन्दले वताइन्।

बस दुर्घटनामा आफूसँग त्रिभुवन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने मदन पुन कराउँदा कराउँदै रुखले चेपिएर मरेको  उनले बताइन्। 'समयमै कसैले बचाएको भए  मदनको ज्यान जोगिने थियो,' बिन्दुले भनिन्। 

बस खसेकाे नजिकै अाफूले बाख्रा चराइरहेकाेले घटना देखेकाे उनले बताइन् । 'पारी वाख्रा चर्दै थिए वारी म वाख्रालार्इ हेर्दै थिएँ,' अचानक  म बसेको  ठाउँ देखि  बीस मिटरको दूरीमा बस खसेर  कच्याक्कुचुक भयो,' विन्दुले भनिन् ।  

दुर्घटनामा घाइतेहरुको अवस्था निकै गम्भीर भएको  र उनीहरुलार्इ तत्काल नेपालगन्ज या काठमाडौं नपुरयाए  धेरै मानवीय क्षति हुन सक्ने  स्थानीय नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए।

गम्भीर घाइतेहरुको उद्धारका लागि  पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले  हेलिकोप्टरको व्यवस्था गर्न गरेको पहल  सफल हुन नसकेपछि  विरामीवहरुलार्इ जिल्ला अस्पतालको  खुल्ला चौरमा अव्यवस्थ्ति तरिकाले उपचार गरिएको  छ।  

५० शैयाको उक्त अस्पतालमा १० जना बिरामीको एकै पटक उपचार गर्न  नसकिने भएपछि बस दुर्घटनाका  ४० विरामीलार्इ  खुल्ला चौरमा  अव्यवस्थित तरीकाले उपचार गर्नु परेको  स्वास्थ्यकर्मीहरु बताउँछन्।

अस्पतालका शैयामा विरामीहरु राख्ने ठाउँ र वेडनभएपछि  खुल्ला चौरमा राखेर  उपचार गर्नु परेको  जिल्ला अस्पतालका मेडिकल अधिकृत डा.भुपेन्द्रप्रकाश मल्लले बताए। उनले  अस्पतालको शैयामा राख्न मिल्ने  अवस्था नभएर पछि  चौरमै उपचार गरिएको  र  जिल्लावाट  २८ जनालाइ बाहिर रिफर गरिएको  र अन्यको जिल्ला अस्पतालमै उपचार भइरहेको  बताए।  दुइ वर्षअघि २०७१को मंसिर  ४ मा पनि भुर गाविसको रावतगाउँमा  सडकवाट बस भेरीमा खस्दा ५४ जनाको ज्यान गएको थियो भने ११ जना घाइते भएका थिए।  चालकको लापरवाही र सरकारी बेवास्ताका कारण  सडक दुर्घटना  दोहोरिरहने गरेको  सर्वसाधारणको चिन्ता छ । 

 

 

प्रकाशित: २६ फाल्गुन २०७३ १५:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App