५ वैशाख २०८१ बुधबार
समाज

जाजरकोट बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत, पीडितका आफन्तले शव बुझे

जाजरकोट- बिहीबार खलंगाको वोहरा स्थित सडकवाट बस खस्दा मृत्यु भएका  सवै २६ जनाको पहिचान खुलेको छ।

सदरमुकाम खलंगावाट  साल्मा गाविसको खारा तर्फ  यात्रु लिएर गइरहेको  ना.३ ख. २२७९ नम्वरको  ३५ सीट क्षमताको  दुर्घटनाग्रस्त वसमा सडकवाट २ सय मिटर तल  पासागाड खोलामा खसेको थियो। 

           जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भावेस रिमालले  दिएको  जानकारी   अनुसार  मृत्यु हुनेहरुमा  लहँ ४ का रामवहादुर वस्नेत, सीमा ९ स्यापीका मदन पुन, भेरी मालिका नगरपालिका ४ बोहराका  नवीन चन्द, साल्मा ५ का नन्दलाल जैसी,भेरी मालिका नगरपालिका १०का सन्तोष राना रहेका छन्।

त्यस्तै  भेरी मालिका  नगरपालिका ११ का गोपाल सुनार, सर्मिला सुनार,नगरपालिका ४ रानागाउँका  गणेश वोहरा, नगरपालिका ३ की शान्ता सुनार,दसेरा १ का दिलवहादुर  बुढाको  पहिचान खुलेको छ। 

        त्यस्तै  रुकुम चौरजहारीका कृष्ण गिरी, दसेरा २ का मनीराम जैसी, भेरीमालिका नगरपालिका १२ का बहादुर भनारी, मजकोट ७ का दले तिरुवा, भेरीमालिका नगरपालिका १३ की हिउसा गिरी, स्वीकोट सल्यानका  उदय वुढा र गर्खाकोट २ का हरिवहादुर शाहीको  पनि पहिचान खुलेको  डीएसपी रिमालले जानकारी दिए। रिमालका अनुसार पजारु ८ का नैन दमाइ,  भेरीमालिका नगरपालिका ८ का चैते खत्री, नगरपालिका ११ की गोप्ली सुनार  र जुंगाथापाचौर ५ का भरत विसी, साल्मा ५ का आइते कामी र जिते कामी,  मजकोट ७का कालो तिरुवा, लालसरी तिरुवा र कल्दरी तिरुवाको पहिचान खुलेको प्रहरीले जनाएको छ।

 मृत्यु भएका मध्ये ९ जनाको घटना स्थलमै,जिल्ला अस्पतालमा उपचारको क्रम्मा १६ जना र एक जनाको  नेपालगन्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको  प्रहरी प्रमुख रिमालले बताए।  दुर्घटनामा घाइतेहरु मध्य  ३२ जनाको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको  प्रहरीले जनाएको छ।

 सामान्य घाइते भएका ५ जनाको भने जिल्ला अस्पताल जाजरकोटमै उपचार भइरहेको प्रहरीले जनाएको छ । नेपाली सेनाको हेलिकोप्टरवाट  शुक्रवार विहान १ वजेतिर १८ जना  र थप १० जना गम्भीर घाइेतलाइ दिउँसो  नेपालगन्ज पुर्याइएको  र ४ जना घाइतेलाई आफन्तले नै पहिले नै गाडीमा  नेपालगन्ज पुर्याएको  प्रहरीले जनाएको छ।

  उनका अनुसार  मेडिकल कजेज नेपालगन्जमा रहेका  मध्ये ३ जनालाई आइसीयुमा राखेर उपचार भइरहेको  छ ।  उता दुर्घटनामा मृत्यु र घाइते भएका आफन्तहरुले भने  मृतकका परिवारलाइ उचित क्षतिपुर्ति  र घाइतेको शिघ्र उचित उपचारको माग गर्दै खलंगा बजारमा  प्रदर्शन गरेका छन् । स्थानीयले जुलुस सहित  जिल्ला प्रशासन कार्यालयमा धर्ना समेत दिएका छन्।

  सरकारी बेवास्ता र यातायात व्यावसायीको लापरवाहिले  ठूलो संख्यामा स्थानीयको ज्यान गएको  भन्दै उनीहरुले  उचित क्षतिपुर्तिको माग गरेका हुन । सरकारी बेवास्ताले पुराना र कन्डीसन विग्रिएका गाडी चल्न दिएका कारण दुर्घटना भएको  स्थानीय गोकर्ण चन्दले वताए  ।उनले  यातायात व्यावसायीको लापरवाही र अराजक्ताका कारण गाडी दुर्घटना बढीरहेको  बताए।

 घटनाको अवस्था  र पीडित परिवार र घाइतेको उपचारको बारेमा   छलफल गर्न  शुक्रवार   जिल्लामा क्रियाशील  राजनैतिक दल र  स्थानीय प्रशासनको छुटटा छुटटै वैठकवसी   पीडितलाइ तत्काल क्षतिपुर्ति दिने र घाइतेको उचित उपचारका लागि सक्रिय पहल गर्ने  निर्णय भएको    प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए।

  उनले  घटनाबारे  छानवीन गरि  कारण खोज्न स्थानीय नागरिक अगुवा राजेन्द्र विक्रम शाहको संयोजकत्वमा  स्थानीय प्रशासन र प्रहरी तथा अन्य सरोकारवाला रहेको  समिति गठन भएको र यस्ता घटनाको दीर्घकालीन समाधानका  लागि  उचित छानवीन गर्न उच्च स्तरीय  समिति गठनका लागि  गृहमन्त्रालयमा  आग्रह गर्ने  निर्णय समेत गरिएको  प्रजिअ पौडेलले बताए।

 मृतकका परिवारलाई  तत्काल किरिया खर्च र विमा बापतको १ लाख रकम उपलव्ध गराउन सम्वन्धित निकाय सहमति भएपछि मृतकका आफन्तले  शब वुझेको पनि  प्रजिअ पौडेलले बताए। मृतकका आफन्तलाइ ५ लाखका दरले सहयोग उपलव्ध गराउन सरकारसंग माग गर्ने निर्णय भएको पनि उनले जानकारी दिए।

        

प्रकाशित: २७ फाल्गुन २०७३ ११:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App