coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

सेल्फी स्टिकको माग बढ्दो

काठमाडौं- कुनै समय रिलको आधारमा फोटो खिच्ने क्यामेराले केही खुसी सगालेको हुन्थ्यो। तर, सबै फोटो संगालोको रुपमा राख्न नसिकिने अवस्था थियो। रिलबाट नेगेटिभ धुलाएर खिचिएको तस्बिर केही मात्रै राम्रो हुने भएकाले खर्च मात्रै हुने समयलाई प्रविधिले भित्र्याएको मोबाइलले रिल क्यामरा विस्थापित हुँदै गए । प्रविधिले नयाँ–नयाँ ब्रान्डका मोबाइलबाट नै फोटो खिच्न र सेल्फी लिन समेत सेल्फी स्टिकको विकास भएपछि आफूले चाहेजस्तो तस्बिर खिच्न सफल भएका हुन् ।

विशेषगरी स्मार्टफोन प्रयोगकर्ताको संख्या वृद्धिसँगै प्रविधिले थप फोटो खिच्नका लागि  सेल्फी स्टिक बजारमा ल्याएसँगै यसको माग बढेको छ । सेल्फी तस्बिरका लागि  बजारमा विभिन्न आकार प्रकारसहित उपलब्ध रहेका छन् । बजारमा अहिले मिनी स्टिक, ब्लुटुथ स्टिक रहेका छन् । प्रविधिकै कारण पानीमुनि समेत सेल्फी तस्बिर खिच्ने प्रविधिको विकास भएको छ ।

अहिले सहर हुँदै गाउँसम्म सेल्फी स्टिकको प्रचलन बढेको छ । यसबाट सेल्फी स्टिकको माग छ । साथै मोबाइलकर्ताले आफूले चाहेअनुसार तस्बिर खिच्न सकिने छन् । सामान्यतया सेल्फी स्टिकको मूल्य पाँच सय रुपैयाँभन्दा माथि छ । त्यस्तै, युटांगको ब्रान्डेड सेल्फी स्टिकको एक हजार एक सय रुपैयाँमा पाइन्छ। बजारमा रहेको सेल्फी स्टिकको लम्बाइ, त्यसमा उपलब्ध सुविधा एवं गुणस्तरका आधारमा मूल्य तय हुने गरेका छन् । बजारमा उपलब्ध केही सेल्फी स्टिक यस्ता छन् ः

साओमी

बिल्कुलै नयाँ प्रविधि र विशेषतासहति साओमीको सेल्फी स्टिक बजारमा उपलब्ध छ । सबैभन्दा महŒवपूर्ण विशेषता रहेको ब्लुटुथ रिमोट कन्ट्रोलले चल्छ । उक्त सेल्फी स्टिकका लागि ट्राइपडको कुनै आवश्यकता पर्दैन । साथै यो स्टिकले टाढाबाट पनि सेल्फी लिन सकिन्छ । साओमी सेल्फी स्टिकको तौल एक सय ५५ ग्राम मात्र छ । यो सेल्फी स्टिकलाई एन्ड्रोइड ४.३ वा त्यसपछिको भर्सन र आइओएस ५.० वा त्यसपछिको भर्सनका स्मार्टफोनबाट कनेक्ट गर्न सकिन्छ । यो ३६० डिग्रीमा मुभ हुन सक्छ ।

कलर्स

नेपाली बजारमा रहेको कलर्स मोबाइलको पी–८५ प्लस मोबाइल सेल्फी र फोटोग्राफीलाई मध्यनजर गरेर उत्पादन गरिएको हो । १३ मेगापिक्सेल रिअर क्यामेरा भएको भागबाट तस्बिर खिच्नका लागि तीनवटा फ्लास राखिएको छ । जसले अध्यारोमा पनि राम्रो तस्बिर खिच्न सजिलो हुन्छ । सोही लेन्समा एफ २ एपार्चर भएको लेन्स भएका कारण कम प्रकाशमा पनि स्पष्ट तस्बिर निकाल्न सक्छ । सामसङले निर्माण गरेको लेन्स जडान गरिएको यो क्यामेरामा रिडमी नोट थ्रीमा प्रयोग गरिएको सेन्सर प्रयोग गरिएको छ । चाँडै अटोफोकस गर्ने यो क्यामेराबाट म्यानुएल मोड, एचडिआर र पानोरामामा तस्बिर खिच्न सकिन्छ । यो सेटमा फ्ल्यास लाइटसहित आठ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । मेटालिक बडी भएको यो सेटमा एक दशमलव तीन गिगाहर्ज क्वाडकोर प्रोसेसर छ । दुई जिबी ¥याम रहेको यो सेटमा १६ जिबी इन्टरनल स्टोरेज छ, जसलाई माइक्रो एसडीमार्फत ३२ जिबीसम्म बढाउन सकिन्छ ।

ओप्पो

ओप्पोले सेल्फीप्रेमीका लागि एफवान एस मोडलको स्मार्टफोनलाई नेपाली बजारमा सार्वजनिक गरेसँगै यसको प्रयोगकर्ता बढेको छ । १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको यो लेन्समा मुहारलाई अझ राम्रो बनाउने फिचर रहेको छ । यो सेटको रिअर क्यामेरा भने १३ मेगा पिक्सेलको रहेको छ । ओक्टाकोर प्रोसेसर रहेको यो सेटमा तीन जिबी र्‍याम र ३२ जिबी इन्टरनल स्टोरेज रहेको छ । माइक्रो एसडीमार्फत् क्षमतालाई एक सय २८ जिबीसम्म पुर्‍याउन सकिन्छ ।

येस

पानीभित्रै सेल्फी खिच्न चाहानेले येस कम्पनीको मोबाइलमा यो कभर प्रयोग गर्न सकिने छ । येस कम्पनीले उपलब्ध गराएको उक्त कभरले मोबाइललाई पानीमात्र होइन, धुलो र हिउँबाट समेत जोगाउँछ । विशेषगरी ब्रान्डेड स्मार्टफोन तथा आइफोनलाई ध्यानमा राखेर उक्त कभर बनाइएको पाइन्छ । कभरलाई दुई घन्टासम्म पानीमा राखेर आइपिएल्स–८ द्वारा परीक्षण गरी प्रमाणित गरिएको हो । यसमा १८ इन्चको इलास्टिक ब्यान्ड तथा ६ इन्चको टचस्क्रिन कभर छ ।

जियोनी

नेपाली बजारमा रहेको जियोनीको एफ १०३ प्रो सेल्फीकै लागि युवा पुस्ताले किन्ने गरेका छन् । जियोनीको नयाँ संस्करण एफ १०३ प्रो सेल्फी खिच्न रुचाउने युवालाई लक्षित छ । एफ १०३ प्रोलाई ‘सेल्फी मास्टर’ का रूपमा बजारमा उतारिएको हो ।

प्रकाशित: ३० फाल्गुन २०७३ ०३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App