७ वैशाख २०८१ शुक्रबार
कला

आलियाको पति र ब्वाईफ्रेन्ड छुट्टा छुट्टै

मुम्बई–बलिउड जगतमा त्यसै पनि स्टारहरुको प्रेमको चर्चा सँधै रहिरहन्छ । को सेलिब्रेटी कोसँग डेटका छन् , कसको मन मुटाव कोसँग छ ? भारतीय संचार माध्यमामा सँधै हट मसलाका रुपमा रहने गर्दछ ।

हालै रिलिज भएको चलचित्र उड्ता पन्जाव बक्स अफिसमा जम्न नसकेपनि   अभिनयको चर्चा बटुल्न सफल नायिका  आलिया भट्ट यति बेला एउटा अभिव्यक्ति दिएर फेरि चर्चित भएकी छन्।

एक भारतीय अखबारलाई दिएको अन्तरवार्तामा उनले आफ्नो पति र ब्वाइफ्रेन्ड को को हुन् भनेर खुलाशा गरेकी छन्। उनले अन्तरवार्तामा आफ्नो पति अभियन भएका र ब्वाईफ्रेन्ड गायन भएको बताएकी हुन्। उनले भनिन्, ‘अभिनय मेरो जिन्दगीमा अघि बड्ने एक कमिटमेन्ट हो भने गायन यस्तो चिज हो जुन मलाई धेरै मनपर्छ  तर मलाई थहा छैन म यसलाई कहाँसम्म लान सक्छु  किन भने अभिनय मेरो पति हो भने गायन ब्वाईफ्रेन्ड हो।’

साथै उनले आफ्नो अबको लक्ष्य भनेको हलिउड , लाँलीउड (पाकिस्तानी चलचित्र ) टँलिउड (दक्षिण भारतीय चलचित्र)हरुमा अभिनय गर्नु रहेको बताइन् । उनले हलिउडमा  प्रवेश गर्न र अभिनय गर्न सबै लालायित भएको पनि बताइन् ।

 

प्रकाशित: २६ असार २०७३ ०७:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App