७ वैशाख २०८१ शुक्रबार
कला

अमिर खान ५२ अाैं वसन्तमा, यसरी बने 'मिस्टर परफेक्शनिष्ट'

काठमाडौं– बलिउडमा नायक–नायिकाहरूले अभिनेता अभिनेत्रीका साथै आफ्नो पृथक परिचय पनि बनाएका छन् । कोही बलिउड किङ्गका रुपमा चिनिन्छन् त कोही भाइका रुपमा। त्यस्तै, कोही अभिनयमा प्रख्यात छन् त कोही रोमान्समा। यी यस्तै नायकहरूबीच मिस्टर परफेक्शनिष्टका परिचय बनाएका नायक हुन्– अमिर खान। उनी अभिनयका लागि उदाहरणीय कलाकारका रुपमा चिनिन्छन् । 
१४ मार्चबाट  ५२ औँ वसन्तमा टेक्दै गरेका उनी सुरुमा चकलेटी हिरोको रुपमा परिचित थिए। उनको क्युटनेश नै हजारौँ युवतीहरूको दिलको धड्कन बन्ने गर्थ्यो र गर्छ पनि। उनी वर्षमा एउटा मात्रै फिल्म गर्छन् र त्यसैलाई उत्कृष्ट बनाउने होडमा लागिरहन्छन्। त्यसैले त उनको फ्यानहरू उनको फिल्मको प्रतिक्षामा बसिरहन्छन्। 

सन् १९७३ मा फिल्म ‘यादों की बारात’बाट बाल कलाकारको रुपमा अभिनय सुरु गरेका उनी सन् १९८४ मा फिल्म ‘होली’बाट मात्र अभिनेताका रुपमा प्रस्तुत भएका हुन्। त्यसपछि उनले  १९८८ मा आएर फिल्म ‘कयामत  से कयामत तक’बाट राम्रो सफलता प्राप्त गरे। उनले उक्त फिल्मबाट उत्कृष्ट नवकलाकारको अर्वाडसमेत जिते। सन्  १९९६ मा रिलिज भएको फिल्म ‘राजा हिन्दुस्तानी’बाट उनलाई झनै ठूलो सफलता हात प¥यो। त्यसबाट पनि उनले उत्कृष्ट अभिनेताका रुपमा फिल्मफेयर अवार्ड जितेका थिए। 

त्यसैगरी ‘दिल’, ‘दिल हे कि मान्ता नही’, ‘जो जिता वही सिकन्दर’, ‘हम हे राही प्यार के’, ‘अन्दाज अपना अपना’, ‘अकेले हम अकेले तुम’, ‘राजा हिन्दुस्तानी’, ‘इश्क’, ‘गुलाम’, ‘सरफरोश’, ‘मन’, ‘अर्थ’, ‘मेला’, ‘लगान’, ‘दिल चाहता हे’, ‘मंगल पाण्डेस् द राइजिङ्ग’, ‘रङ्ग दे बसन्ती’, ‘फना’, ‘तारे जमिन पर’, ‘गजनी’, ‘थ्री इडियट्स’, ‘धोबीघाट’, ‘तलाश द आन्सर लाइज विदिन’, ‘धुम ३’, ‘पीके’, ‘दङ्गल’ जस्ता फिल्ममा उनको सशक्त अभिनय रहेको छ । 

निर्माताका रुपमा अमिर 

अमिर खान एक उत्कृष्ट अभिनेता मात्रै नभई कुशल निर्माता पनि हुन् उनले सन् २००१ मा अमिर खान प्रोडक्शन नामक फिल्म निर्माण कम्पनी खोले। उनले उक्त ब्यानरबाट लगान, तारे जमिन पर, जाने तु या जाने ना, पिपली लावफ , धोबीघाट, डेल्ही बेली, तलास जस्ता उत्कृष्ट फिल्म निर्माण गरे। जसले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।

सम्मान तथा पुरस्कार

सबैको मनका ढुकढुकी बनेका नायक खानलाई भारत सरकारले सन् २००३ मा पद्मश्री र सन् २०१० मा पद्मभूषणले सम्मान गरेको थियो। त्यसैगरी भारतीय चलचित्र तथा मनोरञ्जन क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएवापत उनलाई मौलाना आजाद राष्ट्रिय उर्दू विश्वविद्यालयले समेत सम्मान गरेको छ। 

निर्माता तथा अभिनेताका  साथै उनी असल समाजसेवी पनि हुन्। उनले सन् २०१२ मा सत्यमेव जयते नामक टेलिभिजन कार्यक्रम सञ्चालन गरे। त्यसमार्फत उनले समाजमा रहेको विभिन्न समस्या तथा विकृतिहरूलाई बाहिर ल्याउन सफल भए र  भारतमा रहेको विभिन्न कुप्रथाको अन्त्यका साथै अन्य सामाजिक समस्याको समाधान खोज्ने प्रयास समेत गरे। 

उनी विभिन्न रुढीवादी, कुसंस्कार भन्दा पनि  आफ्नो कर्ममा विश्वास राख्दछन्।  त्यही कुरालाई मध्येनजर गर्दै उनले  सन् १९८६ मा रिना दत्तासँग आफ्नो लगनगाँठो कसे तर त्यो गाँठो लामो समयसम्म टिक्न सकेन र सन् २००२ मा सम्बन्धविच्छेद गरे। त्यसपछि उनले सन् २००५ मा किरण रावसँग दोश्रो विवाह गरे। र उनीहरूले सेरोगोसी पक्रियाबाट छोराको जन्मसमेत दिइसकेका छन्।
 

प्रकाशित: १ चैत्र २०७३ ०७:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App