coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चुच्चेपाटीको भूकम्पपीडित शिविरमा डोजर चल्यो (फोटो फिचर)

काठमाडौं – दुई वर्ष अघि वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि बौद्ध चुच्चेपाटीस्थित तारागाउँ विकास समितिको चौरमा बस्दै आएका भूकम्प पीडितहरुको पाल भत्काइएको छ । मंगलबार बिहान करिव १० बजे नेपाल प्रहरी र सशस्त्रको टोलीले  दुई डोजरको सहयोगमा पालहरु भत्काएका थिए ।

भूकम्पलगत्तै करिव ५ सय पालहरुमा भूकम्प पीडितका परिवारहरु बस्दै आएका थिए । विनाशकारी भूकम्प गएको एक वर्षपछि झण्डै ४ सय १७ जना भूकम्प पीडितका परिवारहरु चुच्चेपाटीस्थित शिविरमा बसिरहेका थिए । यसवर्षको वैशाखसम्म भूकम्प पीडितका परिवारहरु चुच्चेपाटीस्थित भूकम्प पीडित शिविरबाट सरिसकेका थिए । नेपाल प्रहरीको टोलीले भूकम्प पीडितका परिवारहरु बस्दै आएको शिविर भत्काउँदासम्म केवल ७० पालहरु थिए ।

‘सुरक्षाकर्मी र नेपाल सरकारको टोलीले पटक पटक माइकिङ गरेर यो क्षेत्र खाली गर्न अनुरोध गरिरहेका थिए । त्यसैअनुसार हामीले भाडाको कोठा खोजिरहेका थियौ । आज बिहान एक्कासी प्रहरी आएर सबै पालहरु डोजर ल्याएर भत्काएपछि कहाँ बस्ने भन्ने चिन्ताले सताउन थालेको छ,’चुच्चेपाटीस्थित भूकम्प पीडित संघकी अध्क्षय अष्टमाया श्रेष्ठले भनिन्,‘‘सधैं यहाँ बस्न पाईँदैन र बसे पनि सरकारले सुविधा दिँदैन भनेर नै डेरा खोजिरहेका थियौं।’

विदेशी दाताहरुले यहाँका प्रत्येक परिवारलाई एकएक वटा खाट उपलब्ध गराएको छ भने विदेशी दाताले नै ३० वटा शौचालय निर्माण गरेका थियो ।

‘नेपाल सरकारले हायात होटललाई दिएको जग्गा कब्जा गरेर बसिरहेका व्यत्तिहरुलाई सूचना दिदाँपनि अटेर गरेपछि गृह मन्त्रालयको लिखित आदेश लिएर जग्गा खालि गरेका हौं,‘ वरिष्ठ प्रहरी उपरीक्षक छविलाल जोशीले भने,‘भूकम्प पीडितको नाममा उनीहरु त्यहाँ बसिरहेका रहेछन्। वास्तविक भूकम्पपीडितहरु नेपाल सरकारले प्रदान गरेको ३ लाख लिएर आ–आफ्नो ठाँउ फर्किसकेका छन्। उनीहरु सुकुम्वासी पनि होइनन् र भूकम्पपीडित होइनन् । ’

नेपाल सरकारले करिव एक महिना अघिदेखि जग्गा खालि गर्न बारम्बार माइकिङ गरिरहेको थियो । ‘नेपाल सरकारको टोलीले बारम्बार माइकिङ गरेपछि हामीले नजिकै कोठा खोजेर आफन्तहरुलाई सारेका थियौं । यहाँबाट धेरैले डेरा खोजेर सरिसकेका थिए । संघ बनाएर जग्गा पाउने आशामा बसेका व्यत्तिहरुले अटेर गरेपछि सुरक्षाकर्मीले डोजर चलाएका हुन्,’भूकम्प पीडित शिविरमा भेटिएकी शर्मिला अधिकारीले भनिन् । भूकम्प पीडित शिविरमा केही महिलादेखि ठेलामा राखेर केही पसल र होटलहरु संञ्चालन भइरहेका थिए ।

तस्बिरहरू: प्रबिण काेइराला

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App