७ वैशाख २०८१ शुक्रबार
राजनीति

स्थानीय तहको कार्यान्वयनसँगै जनता उत्साहित

पाँचथर- लामो समयदेखि संघीयता, विकेन्द्रीकरणको सवालमा आवज उठाईरहेका राजनीतिक दलका नेता तथा आम सर्वसासधारण स्थानीय तहको कार्यान्वयनको घोषणासँगै निक्कै उत्साहित बनेका छन्। स्थानीय तहको निर्वाचनका लागि तोकिएमो मिति आउन केवल ६० दिनमात्र बाँकि रहँदा आफ्नो शासन आफैबाट, आफ्नै घर आगनमा शासन व्यवस्था सहित अधिकार सम्पन्न सरकार बन्ने सुनिश्चितता भएको भन्दै खुसिको सञ्चार भएको छ।

स्थानीय निकायबाट स्थानीय तहमा रुपान्तर भएको घोषणा भएसँगै अपन्त्व बोध भएको भन्दैँ उत्साहित देखिएका हुन। माओवादी विद्रोह, २०६२/०६३ को जनआन्दोलन, संविधान घोषणा पछि २२ महत्पूर्ण अधिकार सहित पाएको स्थानीय तहले खुशि स्थापित गरेको धेरैले प्रतिक्रिया दिईरहेका छन्। लामो समयपछिको त्याग तपस्याबाट जनता अधिकार सम्पन्न हुँदै गएको फिदिम नगरपालिका–४ का गोविन्द ढकालले बताए। लोकतन्त्रको आभाष गर्न यि स्थानीय तह उपयुक्त रुपमा कार्यान्वयन हुनु पर्ने उनको भनाई छ। ‘१९ दिने जनआन्दोलन तथा संविधान घोषणा हुँदासम्मपनि स्थानीय तहको सञ्चालनमा आउनेमा शंकानै थियो। गाँउपञ्चायत, गाविसको अनुभव पछि नगरकार्यपालिका/गाँउपालिका सम्म आहिपुगेका छौँ। नीति निर्माण गर्न सक्ने अधिकार सम्पन्न तहको सञ्चालन आरम्भ भएकाले विकास तथा समृद्धिको बाटो खुलेको अनुभुक्ति गर्न सकिन्छ’ ढकाल भन्छन् ‘अब स्थानीय तहको चुनाव सम्पन्न गरेर उपयुक्त विकासको बाटो तर्फ लैजानु पर्छ।’

पर्याप्त अधिकार गाँउतहमा आएपछि उत्साहित देखिएका हुन। जिल्लाको एक नगरकार्यपालिका र सात गाँउपालिकाको कार्य आरम्भ गरीएको छ। स्थानीय विकास मन्त्रालयको निर्देशन अनुरुप ललिपुरमा भएको शुभारम्भ कार्यक्रमलाई टेलिभिजनमा हेरेपछि फिदिम नगरकार्यपालिकाको कार्यरम्भ गरीएको थियो। प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले कार्यआरम्भको घोषण गरे । सातवटै गाँउपालिकाको पनि काम आरम्भ गरीएको जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी गिरिराज ज्ञावालीले बताए । नयाँ वोर्ड, नयाँ लेटर प्याड, छाप सहित कामआरम्भ गरीएको हो ।  लोकतन्त्रको तल्लो तहसम्म आभाष गराउन स्थानीय तहको कार्यान्वयन सफतला पूर्वक हुन पर्ने यासोकका खेम निरौलाले बताए ।  लामो अपेक्षापछि स्थानीयको घरदैलोमा अधिकार आएकाले यसको उपभोगको उपयुक्त वातावरण अपेक्षा राखिएको निरौलाले बताए।

स्थानीय तहपछि जनतामा देखिएको उत्साह महत्वपूर्ण रहेको प्रजिअ खड्का बताउँछन् । यो उत्साहकायम राख्न स्थानीय तहको चुनाव सम्पन्न गर्नु पर्ने खड्काको भनाई छ । अव निर्वाचनको माहोल निर्माण गरी अघि बढ्नु पर्ने अवस्था रहेको उनले बताए । जिल्लामा ६० वडा स्थापना गरीएको छ । साविक गाविसका सचिवहरुलाई वडाको जिम्मा लगाइएको छ । कर्मचारी अभावले व्यवस्थापन चुनौतिपूर्ण भएको छ। गाँउपालिकाको जिम्मा नायव सुब्बालाई दिइएको छ। कार्यालय व्यवस्थापन, अन्य तयारीमा ध्यान प्रारम्भ भएको बताइएको छ। लामो समय देखि राजनीतिक दलहरुले संघीयता, पुनसंरचनाको वाकालत गाँउ गाँउमा गरेका तथा अधिकार प्रतिको सेचतता बढेसँगै उत्साह देखिएको गैरसरकारी  संस्था महासंघ पाँचथरका अध्यक्ष वालकृष्ण ओझा बताउँछन्। कर्मचारी व्यवस्थापन तथा प्राप्त अधिकारको प्रयोगको बतावरण बन्नु पर्ने उनको भनाई छ।

प्रकाशित: १ चैत्र २०७३ ११:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App