६ वैशाख २०८१ बिहीबार
समाज

चोरी भएका मोटरसाइकल फिर्ता

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा चोरी भएका ९ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखाले २०६८ देखि २०७३ सालसम्म चोरी भएका मोटरसाइल खोजेर सवारीधनीलाई बुझाएको हो ।

महाशाखाले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम गोतामकोट–५ का ललित भण्डारी र सोही जिल्लाका  चौरजहारी नगरपालिका–५ बस्ने तेजविक्रम बुढा मगर छन् ।
महाशाखाका प्रमुख तथा डिआइजी मिङमार लामाले काठमाडौंको सितापाइला, टिचिङ अस्पताल, मैजुबहाल, मुलपानी तथा क्षेत्रपाटीलगायत क्षेत्रमा हराएका मोटरसाइल पत्ता लगाएर हस्तान्तरण गरेको बताएका छन् ।

डिआइजी लामाले मोटरसाइकल हस्तान्तरण गर्ने क्रममा मोटरसाइकल धनीहरूलाई पार्किङ गर्दा एकान्त स्थानमा नगर्ने, रातको सययमा तोकिएको उज्यालो स्थानमा मात्र पार्किङ गर्न, अस्पताल क्षेत्रमा पार्किङ गर्दा विशेष सतर्कता अपनाउन र आफ्नो सवारीसाधन सुरक्षित राख्न सुझाव दिए । महाशाखाका अनुसार यसअघि चोरी भएका १२ वटा मोटरसाइकल सवारीधनीलाई प्रदान गरेको थियो । 

 

प्रकाशित: २ चैत्र २०७३ ०४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App