‘एसएसबीकाे ज्यादती अति नै भइसकेकाे छ’

बुधबार, ०२ चैत २०७३, १० : ४२ दिलबहादुर छत्याल

धनगढी– बाह्र वर्षअघि पुनर्वास–२ की २३ वर्षीया जानकी रानालाई एसएसबी र पन्जाबी मूलका दुई व्यक्तिले सामूहिक बलात्कारपछि हत्या गरे । स्थानीयले २० दिनपछि दुईजना पन्जाबीलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाए । बलात्कार गर्ने एसएसबीमाथि कारबाही भएन ।

‘मेरी भाइबुहारीको बलात्कार गरेर हत्या गर्ने एसएसबी हो,’ पुनर्वास–२ का प्रताप रानाले भने, ‘एसएसबीलाई जोगाइयो ।’ एसएसबीले नै पन्जाबी मूलका दुई नागरिकलाई पनि साथमा ल्याएर बलात्कार गर्न लगाएको उनी बताउँछन् । जानकी गहुँखेतमा पानी लगाइरहेका आफन्तलाई खाना पु¥याउन१० महिने छोरी घरमै छोडेर गएकी थिइन् । ‘चार घन्टासम्म पनि उनी घर फर्किनन् र छोरी रुन थालेपछि हामी खोज्न जाँदा मोतियाफाँटमा बलात्कार गरेर हत्या गरेका अवस्थामा फेला पा¥यौं’, उनले भने । एसएसबीले हत्या गरेको भनेर हामीले कारबाही हुनुपर्छ भन्दा नेपाल सरकारले पनि सुनेन ।

पुनर्वास क्षेत्रका अगुवा कुवेरनाथ ती महिलालाई बलात्कार गरेर हत्या गर्नेमा व्यक्ति एसएसबीका सुरक्षाकर्मी रहेको बताउँछन् । ‘बलात्कार गरेर हत्या गर्ने एसएसबीलाई एसएसबी डिपार्टमेन्टले बचाएको हो’, उनले भने, ‘ स्थानीयले एसएसबीले बलात्कार गरेको भनेर अवाज उठाए पनि कतैबाट सुनुवाइ भएन ।’ 

सरकारले सीमामा हुने हत्या र कुटपिटका घटनामा गम्भीर छानबिन नगरेको गुनासो स्थानीयको छ ।
‘बलात्कार गरेर हत्या गरेको घटना धेरै दुःखद थियो’, उनले भने, ‘एसएसबीको संलग्नता गुपचुप पारियो ।’ एसएसबीको आडमा पन्जाबी मूलका दुई जनाले बलात्कार गरेकाले उनीहरू पनि निर्धक्क भएर त्यही गाउँमा २० दिनपछि मदिरा खान आएका थिए ।

पुनर्वास क्षेत्रमा सीमा मिचिएको स्थानमा एसएसबीले कुटपिट र ज्यादतीका घटना निरन्तर गरिरहेको स्थानीय बताउँछन् । स्थानीयले सीमारक्षाका लागि लडेपनि सरकार र सुरक्षाकर्मी एसएसबीको ज्यादती टुलुटुलु हेरेर बस्ने गरेको गुनासो उनीहरूको छ । 

६ सय मिटर वर सारेर एसएसबीले गाडेको पिल्लर २०६२ सालमा स्थानीयले तोडिदिएका थिए । पिल्लर नतोडेको भए अहिलेसम्म यो भारतको भूमि भइसक्थ्यो । २०६१ फागुनतिर भत्केको पिल्लर  एसएसबीले ६ सय मिटर वर नेपालीले खेती लगाएको जमिनमा राखिदियो । ‘मेरो उखुखेतको बीचमा पिल्लर राखेको थाहा पाएनौं’, पुनर्वास २ का बन्धु रानाले भने, ‘जेठमा थाहा पायौं ।’ थाहा पाएपछि हामीले त्यो तोडेका हौं । उनीसहित १५ जनाको जमिनमा लगाएको गहुँ र धान बालीमा एसएसबीले गाईगोरु चराउने गरेको छ । ‘लालपुर्जा भएको जमिन भएकाले हामीले खेती लगाउन छाडेका छैनांै’, उनले भने, ‘एसएसबीले बालीमा गाईगोरु लगाइदिने र खेती नष्ट गर्ने गरेका छन् ।’

‘एसएसबीले गर्ने कुटपिट सामान्य हो’, स्थानीय कुवेरनाथले भने, ‘खुला सीमा भएका कारण कुटपिट र दुव्र्यवहार भइरहन्छ ।

गत भदौ ३० गते बेलौरी नगरपालिका १४ भुरामा सीमाभन्दा करिब १ किलोमिटरभित्र सन्तबहादुर शाहीको घरमा भारतीय प्रहरीका ठानेदार शुभास चन्द सहित चार जना हतियारसहित प्रवेश गरे । सन्तबहादुरलाई पक्राउ गर्न आएका उनीहरूलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए । ‘तुरन्तै नियन्त्रणमा लिएकाले सन्तबहादुरको परिवारलाई कुटपिट गर्न पाएन’, प्रहरी चौकी भुराका सहायक निरीक्षक मानसिंह ठगुन्नाले भने । मोटरसाइकल चोरी आरोपमा पक्राउ परेका एक भारतीय नागरिकले सन्तबहादुरलाई मोटरसाइकल दिएको बयानका आधारमा नेपाली बस्तीभित्र हतियारसहित प्रवेश गरे ।

फागनु २६ गते पुनर्वास नगरपालिका–८ आनन्दबजार नजिक सीमामा बनाएको कल्भर्ट भत्काउने, आनन्द बजारको घरबाट खसी लैजाने, मोटरसाइकल तोडफोड गर्नेलगायतका ज्यादती गरे । ज्यादतीको प्रतिकार गर्दा ३० वर्षीय गोविन्द गौतमलाई भारतीय प्रहरीले गोली हानेर हत्या गरे । बिहीबार बिहान श्याम गुरुङको घर र पसल तोडफोड गरे । उनको २ वटा खसी मारेर लगे । दीपकबहादुर कामीको मोटरसाइकल तोडफोड गरे भने प्रकाश रावतको मोटरसाइकल लगे । सबै घटना नेपाली सुरक्षाकर्मीले टुलुटुल हेर्नेबाहेक केही नगरेको स्थानीय विनोद गौतमले बताए ।

गोविन्द गौतमको हत्या घटना बढी चर्चामा आएकाले सरकारले सम्बोधन गरेजस्तो गरेको छ । तर कञ्चनपुरका विभिन्न ठाउँमा एसएसबीको कुटपिट र ज्यादती रोकिएको छैन । यसमा सरकारले ध्यान नदिएको कञ्चनपुरका स्थानीय नेता लोकन्द्र लम्साल बताउँछन् । भारतीय पक्षले ६२ बिघा जमिन मिचेको उनले बताए । १२ महिना पानीको स्रोत हुने प्यारेताल कब्जा गर्न ६ मिटर वर सारेर एसएसबीले पिल्लर गाडेको छ । ‘दुदुवा नेसनल पार्कमा पानीको स्रोत छै । एसएसबीले प्यारेताललाई आफ्नो बनाउन खाजेको छ’, लम्सालले भने ।
 










यसमा तपाईको मत

Loading...

अन्य समाचार

बुँख्याचा मनको रंगशिल्प

बुँख्याचा मनको रंगशिल्प

'बुँख्याचा मन'को निर्देशकीय परिकल्पनाका दृष्टिले रंगमञ्च संयोजनले उच्चता प्राप्त गरेको देखिन्छ। मितव्ययी रंगप्रविधिबाट पनि यति गहिरो कथालाई सहजै प्रस्तुत गर्न...

'निशा नभएको भए म डुबिसक्थेँ'

'निशा नभएको भए म डुबिसक्थेँ'

सँगै नाटक गर्दागर्दै सुनील र निशाले एकअर्कालाई मन पराए, प्रेमिल व्यवहार दर्शाउन थाले। उनीहरूको कलिलो प्रेमको पालुवाले रंगमञ्चको पर्दा छिचोल्यो,...

'उपन्यासलाई नाटकमा उतार्न गाह्रो भयो'

'उपन्यासलाई नाटकमा उतार्न गाह्रो भयो'

जनकपुरमा रहँदा रेडियो नाटक गर्दागर्दै मैथिली नाट्यकर्मी रविन्द्र झाको सहयोगमा सरिता साह शरंगमञ्चमा प्रवेश गरेकी हुन्। नाटककै लागि २०६९ मा...

हलमा अस्कर विजेता फिल्म

हलमा अस्कर विजेता फिल्म

हलिउड फिल्म नेपालमा वितरण गर्दै आएको एप्पल इन्टरटेनमेन्टले अस्कर अवार्ड विजयी र मनोनीत तीन सिनेमा नेपाली मल्टिप्लेक्स हलमा प्रदर्शन गर्ने...

Fixed Ad