७ वैशाख २०८१ शुक्रबार
कला

न्यूयोर्क टाइम्सको ९ निर्देशकको सूचीमा रौनियार

काठमाडौं- ‘द न्यूयोर्क टाइम्स’ ले ‘हेर्नैपर्ने ९ नयाँ निर्देशक’को सूचीमा नेपालका दीपक रौनियार परेका छन्। न्यूयोर्क टाइम्सले ९ नयाँ निर्देशकको नाम सार्वजनिक गर्दै रौनियारलाई समेत समेटेको हो।

हालसालै रौनियारले निर्देशन गरेको ‘सेतो सूर्य’ले विभिन्न अन्तराष्ट्रिय अवार्ड जितिसकेको छ। सेतो सूर्य नेपालमा चलेको १० बर्षे माओवादी विद्रोहको केन्द्रमा रहेर बनेको चलचित्र हो। रौनियारले 'हाइवे' चलचित्रको समेत निर्देशन गरेका छन्। ४६ औं ‘न्यू डिरेक्टर्स–न्यू फिल्म’ फेस्टिभलको अवसरमा पत्रिकाले नयाँ निर्देशकको सूची निकेलेको हो।

प्रकाशित: २ चैत्र २०७३ १२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App