coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

क्रिकेट टोलीको स्वागतका लागि नेपाली समुदाय उत्साहित

नेपाली टोली पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, सागर पुन र विनोद भण्डारी, सुवास खकुरेल, करण केसी, अनिलकुमार मण्डल, सन्दीप लामिछाने, विक्रम सोब, राजु रिजाल र राजेश पुलामी मगर । फोटो स

 लन्डन–क्रिकेट खेलका लागि लर्डसको मैदान जति पुरानो मानिन्छ, खेलाडीका लागि बेलायतको एमसीसी क्लबसँग भिड्न पाउनु त्यत्तिनै महत्वपूर्ण ठानिन्छ। त्यही ऐतिहासिक मैदानमा विश्व चर्चित बेलायतको एमसीसी क्लबसँग नेपाली राष्ट्रिय टोलीले मैत्रीपूर्ण खेल खेल्दैछ। उक्त खेल खेल्न बेलायत आउन थालेको नेपाली टोलीको स्वागतको प्रतिक्षामा छन्– बेलायतको सिंगो नेपाली समुदाय।

लन्डनको लर्डस क्रिकेट मैदानमा आगामी जुलाइ १९ मा खेलिने उक्त खेल सीमित ओभरको हुनेछ । खेल हेर्न ५ हजारभन्दा बढी नेपाली दर्शक उपस्थिति हुने अनुमान गरिएको छ। आइतबारसम्म ३ हजार ५ सयले आफ्नो सिट सुक्षित गरेको नेपाली दूतावास लन्डनले जनाएको छ। नेपाल बेलायत सम्बन्धको दुई सय वर्ष पुगेको अवसरमा लर्डसमा हुने उक्त खेलको संयोजन नेपाली दूतावास लन्डनले  गरिरहेको छ।

शुक्रबार साँझ नेपाली दूतावास लन्डनमा बसेको संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र नेपाली दूतावासबीच भएको बैठकले खेल हेर्न बेलायतका बिभिन्न स्थानबाट नेपाली समुदायको ब्यापक सहभागिता जुटाउने पहल गर्ने निर्णय गरेको थियो। केन्ट, रेडिङ, ह्याशार, अल्डरशट क्षेत्रमा रहेका दर्शकलाई लर्डस स्टेडियममा उर्तन छुट्टै बसको ब्यवस्था गरिएको छ। तमूधि यूके, मगर संघ यूके, गैरआवासीय नेपाली संघ यूके, गोर्खा ब्रिगेड, क्युओजिएलआर अल्डरशट, हेटक्वाटर ब्रिगेट अफ गोर्खालगायतका दर्जनौं  संघसंस्थाले खेलमा व्यापक दर्शक जुटाउन सकृयता देखाएका छन्। खेल हेर्न आउने दर्शकलाई ब्यवस्थित पार्ने उद्देश्यले १ सय २० जना स्वयम सेवक खटाउने दूतावासको योजना छ ।

बेलायतका लागि कार्यवाहक राजदूत शरदराज अरनले नेपाली खेलाडीको स्वागतका लागि नेपाली दुतावास आतुर रहेको बताए । सोमबार लन्डनमा उत्रिने तयारी गरेको खेलाडीका लागि मंगलवार साँझ लन्डन दूतावासमा रिसेप्सनको आयोजना गरिएको छ । अरनले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने विशेष अवसर भएको बताए। उनले भने, ‘अहिले आइसीसीले नेपालको क्रिकेट संघलाई निलम्बन गरेको छ । यो खेल हाम्रो राष्ट्रिय प्रतिष्ठासँग जोडिएको छ, त्यसैले बेलायतस्थित नेपाली समुदायालाई नेपाली खेलाडीको हौसला बढाउन लर्डसको मैदानमा उपस्थिति हुन आग्रह गर्दछु ।’   

यसअघि बेलायती परराष्ट्र मन्त्रालयका अधिकारी, एमसीसीका पदाधिकारी, गोर्खा ब्रिग्रेडलगायतको सहभागितामा सम्पन्न बैठकले सो खेलको मिति तय गरेको थियो।

२८ हजार दर्शक क्षमता रहेको लर्डस मैदानमा नेपाली राष्ट्रिय टोलीले पहिलो पटक खेल्ने अवसर पाएको हो । सन् १८१४ मा खोलिएको ऐतिहासिक लर्डस क्रिकेट मैदानमा पहिलो पटक सन् १८८४ मा टेष्ट म्याच भएको थियो ।
 

 

प्रकाशित: २६ असार २०७३ ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App