७ वैशाख २०८१ शुक्रबार
समाज

आफैलाई माया

अपांगता मानिसको रहर होइन। कोही जन्मजात त कोही विभिन्नखाले दुर्घटनाका कारण अपांग हुन्छन्। अपांग भएर पनि खुसीसाथ जीवन बिताउनेहरू पनि धेरै नै छन्। महिला भएका कारण भोग्नुपर्ने विभिन्न हिंसाबाट गुज्रेर जीवनयापन गर्ने अपांगता भएका पनि समाजमा छन्। तर, आफूभित्रको बलियो आत्मविश्वासले उनीहरूमध्ये कतिपय पौरख गर्न सक्ने भएका छन्।

बुटवल स्थायी घर भएकी ३६ वर्षीया देवी आचार्य २०६१ सालको घटस्थापनाको दिन काठमाडौँबाट घर जाँदै गर्दा नवलपरासीको कावासोतीमा सवारी दुर्घटनामा परिन्। उनलाई तत्काल उपचारका लागि भरतपुर लगियो। भरतपुरबाट काठमाडौँ 'रिफर' गरेपछि उनी नौ महिनासम्म अस्पताल बसिन्। उनलाई स्पाइनल कर्डमा चोट लागेको हुनाले लामो समय अस्पताल बस्नुमात्र परेन फिजियो थेरापी पनि नियमित गर्नुपर्‍यो।

त्यसो त जीवनको यात्रा सहज छैन। सामान्य महिलालाई त हाम्रो समाजमा धेरै चुनौती छन् भने अपांगता भएका महिलाको जीवन सोचेजति सहज छैन। महिला भएका कारण पाइलापाइलामा विभेद भएको महसुस उनीहरूले गरेका छन्। सबैभन्दा महŒवपूर्ण कुरा आफूले आफूलाई स्वीकार गर्न सक्नुपर्छ। शरीरको कुनै अंगले काम गर्न छोड्दैमा आफूलाई घृणा गर्न थाल्नु हुँदैन।

दुर्घटना भएपछिको एक महिनामा के के भयो भन्ने कुरा उनलाई थाहा छैन। एक दिन अस्पतालमा उनको बेडछेउमा राखेको उपचारको कागजात र रिपोर्ट पढ्दै थिइन्। सबै मेडिकल शब्द नबुझे पनि उनले त्यहाँ लेखिएको 'प्यारालाइज्ड' भन्ने शब्द भने याद गरिन्। 'ती शब्दहरू पढेपछि म 'शक' भए। रिकभर हुन्छ कि हुँदैन भन्ने चिन्ता लाग्यो। मेरो खुट्टा चल्दैनथ्यो,' उनी सम्झन्छिन्। उनले आँट जुटाएर आफ्नो उपचारमा संलग्न नर्सलाई विस्तृत कुरा भन्न आग्रह गरिन्। आफूलाई आफ्नो अवस्था राम्रोसँग थाहा पाएकाले सत्य कुरा भन्न बारम्बार अनुरोध गरिन्। 'नर्सले त्यसो भनेपछि फेरि म शक भए। अगाडि जे जे भेटँे, त्यो फालेँ,' उनी भन्छिन्। केही महिनाअघिसम्म जता मन लाग्यो त्यता जान सक्ने, कुनै शारीरिक सीमितता नभएको उनलाई के गर्ने र कसो गर्ने भन्ने भयो। उनले धेरै सोच्न थालिन्। अन्ततः डिप्रेसनको सिकार भइन्।

राष्ट्रिय अपांग महासंघको सचिवालय सदस्यसमेत रहेकी आचार्य अहिले इन्डिपिन्डेन्ट युथ सेन्टरको कोषाध्यक्ष छिन्। अपांगता भएका व्यक्तिहरूको अधिकारका लागि वकालत गर्न लागिपरेकी उनलाई यो सहजतासम्म आउन निकै समय लाग्यो। दुर्घटनामा पर्नुअघि उनी अध्ययनका लागि विदेश जाने तयारी गर्दै थिइन्। 'एउटा लक्ष्य लिएर अगाडि बढिरहेको मान्छे म, एकाएक एक निमेषको घटनाले सबै सपना चकनाचुर भयो,' उनी दुःखी हुँदै भन्छिन्। एउटा सामान्य व्यक्तिलाई त्यही घटनाले अपांग बनाएपछि उनी डिप्रेसनमा गइन्। 'दुईपल्ट आत्महत्या गर्ने प्रयास पनि गरिन्। जीवनको अन्तिम लक्ष्य नै मृत्युजस्तो लाग्यो,' उनी भन्छिन्।

सिन्धुपाल्चोककी ३१ वर्षीया लाली शेर्पा जोरपाटीमा बस्छिन्। पहिले चीनबाट सामान ल्याएर महाबौद्धमा थोकपसलमा बिक्री गर्थिन्। एकपटक चीनबाट सामान ल्याउँदै गर्दा ट्रक दुर्घटना भयो र उनको स्पाइनल कर्डमा चोट लाग्यो। होस् आउँदा उनी ललितपुरको बी एन्ड बी अस्पतालको बेडमा थिइन्। उनी धेरै चिच्याइन्, कराइन्, रोइन्। उनको अवस्था निकै कहालिलाग्दो भएको उनलाई स्मरण छ।। तीन महिना बीर अस्पताल बसिन्। एक महिना कोठा भाडामा लिएर बसिन्। तीन महिना पुनर्स्थापना केन्द्रमा बसिन्। त्यसपछि उनले विस्तारै खाना पकाउने, कपडा धुनेलगायतका काम गर्न थालिन्।

अहिले स्पाइनल इन्जुरी रिहाब सेन्टरमा काउन्सिेलरका रूपमा उनी काम गर्छिन्। पहिला व्यावसायिक काम गर्ने उनको कथा यत्तिकैमा सकिँदैन। उनको सबैभन्दा नजिकको मान्छे अर्थात् श्रीमान उनलाई निको हुने आश हुँदासम्म त सँगै बसे, तर पूर्ण रूपमा निको हुँदैन भन्ने थाहा भएपछि छोडेर हिँडे। 'मैले केही भन्न सकिनँ। सधैँभरी यसरी बसेर हुन्न मचाहिँ पैसा कमाउँछु भनेर हिँडेका थिए तर, अर्कै बिहे गरेर बसे,' उनी भन्छिन्, 'उनले अहिले छोरीको पनि वास्ता गर्दैनन्।'

उनीहरूको बिहे पहिले चिनजान भएर भएको पनि होइन। सिन्धुपाल्चोकका कतिपय दुर्गम गाउँमा अझै पनि मन परेको केटीलाई केटाले तानेर ल्याएपछि बिहे हुने चलन छ। उनको बिहे पनि त्यसैगरी भयो। उनको भाउजूको घरमा जाँदै गर्दा केटाले तानेर लगेपछि उनीहरूको विवाह भएको मानिएको थियो। त्यसपछि उनीहरू काठमाडौँ आए। उनले निकै सक्रिय भएर व्यवसाय गर्न थालिन्। 'घरपरिवार सबैलाई हेरेको थिएँ,' उनी सम्झन्छिन्, 'अहिले मलाई सासुससुराले फोनसमेत गर्दैनन्।'

अहिले आचार्यको दैनिकी आममानिसको जस्तै छ। उनी अहिले जोरपाटीमा बस्छिन्। खाना पकाउनेलगायतका सबै काम उनी आफै गर्छिन्। उनका सहयोगीले स्कुटर चढाइदिन्छिन् अनि उनी चारपांग्रे स्कुटर हाँक्दै, बाटो छिचोल्दै दिनदिनै रातोपुलमा रहेको उनको कार्यालयमा पुग्छिन्।

सामान्य जीवन बिताइरहेका जो कोही पनि दुर्घटनापछि अपांग हुँदा डिप्रेसनमा पुग्ने सम्भावना रहन्छ। आचार्यको जीवनमा यो दैनिकी यसै आएको होइन। उनी डिप्रेसनमा थिइन्। पलपलमा उनलाई 'यस्तो जीवन पनि के बाँच्नु'जस्तो लाग्थ्यो। उनले पटकपटक आत्महत्याको प्रयास पनि गरिन्। काठमाडौँमा उपचार गरिरहेका बेला एक जना साथीले उनलाई सेन्टरको कार्यालयमा बोलाइन्। उनी त्यहाँ गइन्। त्यहाँ उनले आफूजस्तै शारीरिक अपांगता भएका व्यक्तिहरूले सक्रिय ढंगमा काम गरिरहेको देखिन्। 'त्यो देखेपछि मलाई पहिलो दिनमै सकारात्मक सोच आयो। कोही कम्प्युटरमा काम गरिरहेका थिए, रमाइलो पनि गरिरहेका थिए,' उनी भन्छिन्। त्यसपछि उनलाई मेरो पनि हात चल्छ र आफू पनि केही गर्न सक्छु जस्तो लाग्यो। पहिलेदेखि नै रिहाबमा सँगै बसेका साथीहरूसँग पनि उनको भेट भयो। 'उहाँहरू स्पोर्टस्मा लागिरहनुभएको देखेँ। मलाई पनि खेलकुदमा रूचि थियो। म पनि विस्तारै सक्रिय हुन थालेँ,' उनी भन्छिन्। उनलाई विस्तारै सेन्टरको काम र खेलकुद दुवैतिर रमाइलो लाग्न थाल्यो। केही समयपछि उनी सेन्टरको सचिवको रूपमा काम गर्न थालिन् भने राष्ट्रिय अपांग महासंघको केन्द्रीय सदस्यमा निर्वाचित पनि भइन्।

त्यसो त जीवनको यात्रा सहज छैन। सामान्य महिलालाई त हाम्रो समाजमा धेरै चुनौती छन् भने अपांगता भएका महिलाको जीवन सोचेजति सहज छैन। आचार्य पनि अपांग महिला भएका कारण पाइलापाइलामा विभेद भएको महुसुस गर्छिन्। कतिपय अवस्थामा विभेद घरबाटै सुरु हुने भएकाले परिवारको सहयोग महŒवपूर्ण हुने उनको भनाइ छ। 'तर, सबैभन्दा महŒवपूर्ण कुरा आफूले आफूलाई स्वीकार गर्न सक्नुपर्छ। शरीरको कुनै अंगले काम गर्न छोड्दैमा आफूलाई घृणा गर्न थाल्नु हुँदैन,' उनी भन्छिन्।

श्रीमान्ले छोडेपछि शेर्पा पनि डिप्रेसनमा गइन्। उनलाई आफ्नो भन्दा छोरीको भविष्यको चिन्ताले पलपल सताउँथ्यो। सुरुवाती दिनमा उनले आमाबुवाबाट राम्रै सहयोग पाइन्। तर, अहिले उनको आमा बितेपछि सहयोग पनि कम हुँदै  गएको छ। अहिले उनका सामु चुनौतीका पहाड नै उभिएका छन्। 'कोठा भाडा तिर्नुपर्छ। गाह्रो छ, तर पनि काम गरिरहेको छु। मजस्तै स्पाइनल इन्जुरी भएकालाई अहिले काउन्सिलिङ गर्छु, अन्तर्क्रिया गर्छु,' उनी भन्छिन्, 'आफ्नै श्रीमान्ले त्यस्तो अवस्थामा धोका दिएपछि अरुबाट केही होला भन्ने कुनै आश लाग्दैन। मेरी छोरी नै अब मेरो संसार हो। उसलाई राम्रोसँग पढाएर सक्षम होस् भन्ने मेरो सपना छ।'

अहिले उनी सक्षम भएकी छिन्। पहिलापहिला बिरामी पर्दा अरुको सहयोग चाहिन्थ्यो, अहिले खासै सहयोग चाहिँदैन। 'छततिर लुगा सुकाउन जान सकिन्न। गाडीहरू अलि रोक्दैनन् त्यतिबेला भने दुःख लाग्छ,' उनी भन्छिन्। उनलाई ठूला तथा अग्लाखालका गाडी चढ्न अरुको सहयोग चाहिन्छ।

आचार्यको विचारमा राज्यले अपांगता भएका व्यक्तिका लागि नीति बनाए पनि कार्यान्वयनको पाटो भने निकै कमजोर छ। तथापि, आफूहरूका लागि राज्यले केही गर्ला भन्ने अपेक्षा पनि उनले गरेकी छन्। 'अपांगता भएका महिलाको अर्थपूर्ण सहभागिता बढ्छ होला भन्ने अपेक्षा पनि छ,' आचार्य भन्छिन्। फरकफरक खालका अपांगता भएका व्यक्ति एकै ठाउँमा आएमा यो अझ प्रभावकारी हुने उनी बताउँछिन्। 'आँखा नदेख्ने मात्र एकै ठाउँमा होइन कि सबैजना एकै ठाउँमा हुनुपर्‍यो, समान ढंगमा सहभागी हुनुपर्‍यो,' उनी भन्छिन्। सामान्य अपांगता भएका महिलाको तुलनामा अत्यधिक अपांगता भएका महिलाको आवश्यकता बढी हुने भएकाले तिनलाई राज्यका तर्फबाट थप सहयोग हुनुपर्नेमा आचार्य जोड दिन्छिन्।

समयअभावले पार्टी र निर्वाचन क्षेत्रका मान्छे धेरै रिसाएका छन्। 'मन्त्री भएपछि कम्तीमा २५ वटा विदेशका कार्यक्रमका निम्ता आए, म तीन वटामा मात्रै गएँ, त्यो पनि मन्त्री नगई नहुने कार्यक्रममा,' गगन भन्छन्। चीन जाँदा सिकेको हेल्थ प्रमोसनको अवधारणाअनुसार सहरमा हेल्थ प्रमोसन सेन्टर खोल्ने उनको योजना छ। उनी भन्छन्, 'श्रीलंका जाँदा क्यान्सर, मुटु र मिर्गौला रोगका महँगा औषधि सस्तोमा झार्ने उपाय सिकेको छु।'

प्रकाशित: ५ चैत्र २०७३ ०४:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App