८ वैशाख २०८१ शनिबार
खेल

सर्लाहीमा राजर्षि जनक कप हुने

सर्लाही, –सर्लाहीको वागमतीमा ए डिभिजन ‘राजर्षि जनक कप’ फूटबल प्रतियोगिता हुने भएको छ । 
वागमती युवा क्लबले पत्रकार सम्मेलन गरी चैत ९ गतेदेखि १६ गतेसम्म चल्ने राजर्षि जनक कपमा विभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी क्लब सहित ए डिभिजन स्तरका सिएमजी संकटा, मनाड्ढमंस्र्याङ्दी, हिमालयन शेर्पा, सरस्वती र जावलाखेल युवा क्लबको सहभागिता रहने जनाएको छ । 
मिथिला क्षेत्र बहुल रहेको दुई नं. प्रदेशको शान बढाउने गरी राजर्षि जनक कप फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजक समितीका संयोजक दिपक लामाले बताए । 
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अर्जुन चौधरीका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई ४ लाख रुपैंया नगद सहित शिल्ड तथा द्वितिय हुने टिमलाई दुईलाख रुपैंया नगद प्रदान गरिने छ । 
त्यस्तै उत्कृष्ट खेलाडी, गोल स्कोरर लगायत विविध विधाका खेलाडीलाई नगद १५ हजार रुपैंया सहित ट्रफी प्रदान गरिने आयोजक वागमती युवा क्लबका अध्यक्ष रेवति पन्तले जानकारी दिए । 
५० लाख रुपैंया खर्च हुने अनुमान गरिएको प्रतियोगिता सफल रुपले सम्पन्न गर्नका लागि क्लवको आफ्नै कोष तथा राष्ट्रिय खेलकुद परिषद् सहित विभिन्न सरकारी तथा गैर सरकारी क्षेत्रबाट सहयोग संकलन भईरहेको आयोजक वागमती युवा क्लवका अध्यक्ष पन्तले बताए । 

प्रकाशित: ५ चैत्र २०७३ ०८:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App