coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कास्कीमा स्थानीय तह पुनःसंरचना कार्यान्वयन


पोखरा – कास्कीमा स्थानीय तह पुनःसंरचना कार्यान्वयनमा आएको छ । 

स्थानीय तह पुनःसंरचना आयोगले सिफारिस गरेको पोखरा–लेखनाथ महानगरपालिका तथा रुपा, मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा कार्यकारी अधिकृत खटिएसँगै स्थानीय तह कार्यान्वयनमा आएको हो । 

पोखरा –लेखनाथ महानगरपालिकाको कार्यकारी अधिकृतमा नवराज ढुङ्गाना तथा रुपा, अन्नपूर्ण, माछापुच्छ्रे  र मादी गाउँपालिकाको कार्यकारी अधिकृतमा क्रमशः भेषराज आचार्य, खेमराज देवकोटा, किरणप्रसाद कोइराला र नारायणप्रसाद अधिकारीसँगै अन्य कर्मचारी पनि कार्यक्षेत्रमा गइसकेको जिल्ला समन्वय समिति कास्कीले जनाएको छ । 

साविक पोखरा उपमहानगरपालिकाका, लेखनाथ नगरपालिका तथा कास्कीकोट, मौजा, चाँपाकोट, भदौरेतमागी तथा माझठाना र कालिका गाविसका केही वडालाई समेटेर ३३ वडा भएको पोखरा– लेखनाथ महानगरपालिका कायम गरिएको छ । 

त्यस्तै साविक गाविसमध्ये माछापुच्छ्रे , सार्दीखोला, घाचोक, लाहाचोक, रिभान, धिताल, धम्पुस र ल्वाङघलेललाई मिलाएर माछापुच्छ्रे  गाउँपालिका बनाइएको छ । 

यस्तै ढिकुरपोखरी, सल्यान, दाङसिङ, लुम्ले, घान्दु्रक मिलाएर अन्नपूर्ण, पार्चे, नामार्जुङ, थुमाको डाँडा, कालिका, सिल्दुजुरे, मिजुरे, भाचोक, सैमराङ, माझठाना र हङ्सपुर मिलाएर मार्दी तथा थुम्की, सिद्ध, देउराली र रुपाकोट मिसाएर रुपा गाउँपालिका बनाइएको छ । रासस 

प्रकाशित: ५ चैत्र २०७३ ०८:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App