coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाली गलैंचा अन्तर्राष्ट्रिय बजारमा माग

काठमाडौं- राजधानीको भृकुटीमण्डपमा भइरहेको छैठौं अन्तर्राष्ट्रिय व्यापार मेलामा ह्यान्डिक्राफ्ट अन्तर्गत गलैंचाको विभिन्न डिजाइन आकर्षणकै विषय बनेको छ। मेलाको प्रदर्शनी तथा बिक्रीका लागि राखिएको विभिन्न कम्पनी र ब्रान्डका गलैंचा पाँच सयको चकटीदेखि २० लाख रुपैयाँसम्म पर्ने गलैंचा रहेका छन्।

घरमा समेत उत्पादन गर्न सकिने गलैंचा अहिले उद्योगकै रुपमा विस्तार भइरहेको छ। यस उद्योगले गृहणी महिलासँगै युवा पुस्तालाई समेत रोजगार प्रदान गरेको छ।

प्रदर्शनी मेलामा सेयर नेपाल ह्यान्डिक्राफ्टका सिनियिर डिजाइनर दावा किन्छु लामाले गलंैचा उद्योग बेरोजगार युवासँगै गृहणी महिलाका लागि सहज रोजगारीको माध्यम भएको बताए। उनले भने, ‘गृहिणी महिलालाई मात्रै नभई देशकै लागि आम्दानीको स्रोत बनेको छ गलैंचा। विदेशमा समेत ब्रान्डेड गलैंचा निर्यात हुने गरेको छ।’ घरमा नै बसेर चकटी, गाठी, फेल्टबाट बन्ने डल्लो कार्पेट बनाउन सक्ने दावाको भनाइ छ। महिलाले मासिक २० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न सकिने उनले बताइन्। उनका अनुसार गलैंचा डिजाइनरको आम्दानी भने झनै राम्रो हुने गरेको छ।

प्रदर्शनीमा राखिएको गलंैचा तथा चकटीमा लायन्स क्लब, टाटा गाडीको लोगो एनआरएन डिजाइन, होन्डा लोगो रहेका छन्। सस्तो र शुलभ मूल्य भएकाले उक्त चकट किन्ने गरेको उनको भनाइ छ।

अर्का गलैंचा डिजाइनर मनोज श्रेष्ठले पछिल्लो समय देशको अर्थतन्त्र र राजस्वलाई समेत सहयोग पुग्ने उद्योग गलैंचा भएको बताए। उनले भने, ‘अहिले अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डका गलैंचा बिक्री बढी हुने गरेको छ। यसले नेपालको गलैंचा उद्योगमा सहयोग मात्रै नभएर रोजगारीका अवसर पनि सिर्जना गरेको छ।’

नेपाल गलैंचा निकासीकर्ता संघका बरिष्ठ उपाध्यक्ष रामबहादुर गुरुङले नेपालमा कार्पेट क्षेत्रमा करिब एक लाख ५० हजार रोजगार रहेको बताए। अन्तर्राष्ट्रिय रुपमा नेपाली कार्पेटको बजार भए पनि राज्यले प्रवर्द्धन गर्न नसकेको उनको भनाइ छ। नेपाली गलैंचा आकर्षक डिजाइन र गुणस्तरका भएकाले मंहगो हुँदा चिनियाँ र भारतीय कार्पेटले बजार सस्तो भएको उपाध्यक्ष गुरुङले बताए। उनले भने, ‘नेपाली कार्पेट उद्योगको विकास र प्रवर्द्धनका लागि सरकारले ध्यान दिन नसक्दा नेपाली कार्पेटको बजार खुम्चिएको छ।’

नेपाली कार्पेटभन्दा चिनियाँ र भारतीय ब्रान्डका कार्पेट २५ प्रतिशतसम्म कम मूल्यमा पाउने भएकाले पनि समस्या भएको उनले बताए। छिमेकी देशको मूल्यमा कार्पेट बिक्री गर्दा व्यवसायी घाटामा जाने भएकाले सरकारले यसबारे गम्भिरताका साथ सोच्नुपर्ने संघका बरिष्ठ उपाध्यक्ष गुरुङको भनाइ छ। अन्य देशको सन्दर्भमा राज्य आफैंले गलैंचा व्यवसाय प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय प्रदर्शनीमा लैजानसमेत आवश्यक खर्च व्यवस्थापन गरिदिन्छ तर नेपालमा आफैंले गर्छु भन्दा पनि समस्या भएको उनको गुनासो छ। नेपाल सरकारले आजसम्म नेपाली गलैंचा उद्योगको प्रवर्द्धनका लागि ठोस नीति ल्याउन नसकेको बरिष्ठ उपाध्यक्ष गुरुङले बताए।

नेपालबाट उत्पादन हुने कार्पेट अमेरिका, युरोपेली मुलुक, हङकङ, जर्मन ब्राजिल, कोरिया, जापान हुँदै खाडी मुलुकमा समेत निर्यात हुने गरेको नेपाल गलैंचा निकासीकर्ता संघले जनाएको छ।

प्रकाशित: ६ चैत्र २०७३ ०५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App