भारतमा छ जना नक्सालवादी मारिए

आइतबार, ०६ चैत २०७३, १३ : ५४ नागरिक


नयाँदिल्ली – भारतको छत्तिसगढ राज्यमा आइतबार भएको गोली हानाहानमा परी ६ जना नक्सालवादीको मृत्यु भएको छ भने, अरु दुई जना प्रहरी घाइते भएका छन् । 

छत्तिसगढको राईपुर देखि ३५० किलोमिटर दक्षिणतर्फ पर्ने दन्तेवाडा जिल्लामा घटना भएको प्रहरीले जनाएको छ । 

“आज घाइते भएका मध्ये ६ जनाको मृत्यु भएको छ, घाइते प्रहरीहरुको उद्धारगरी स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ,” एक प्रहरी उच्च अधिकारीले भने । उनले त्यस क्षेत्रमा प्रहरीले खोजी अभियान चलाएको पनि जानकारी दिए । 

भारतका विभिन्न ठाउमा हिंसात्मक गतिविधि र विद्रोह गरिरहेका नक्सालवादीहरुलाई माओवादी पनि भन्ने गरिन्छ । पश्चिमी बङगाल राज्यको नक्सालबारी गाँउबाट उनीहरुले १९६७ मा विद्रोही र हिंसात्मक गतिविधि सुरु गरेका हुन् । 

अहिले मध्य र पूर्वी भारतका धेरै जिल्लाहरुमा माओवादी गतिविधि भईरहेको छ । 

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले नक्सालवादीहरुको गतिविधिलाई भारतको सवै भन्दा ठूलो आन्तरिक सुरक्षा चुनौतीका रुपमा व्यख्या गरेका थिए। 

गत हप्ता मात्रै भारतको सुकम जिल्लमा नक्सालवादीहरुको थापेका एम्बुसमा परी १२ जना प्रहरी मारिएका थिए । रासस /सिन्ह्वा 









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

इन्जिनियर नायिका

इन्जिनियर नायिका

लामा स्केल र पेन्सिल बोकेर इन्जिनियरिङको कक्षामा बसिरहँदा उनी साँचिरहन्थिन् अर्कै सपना । उनलाई लाग्यो, ‘एक दिन न एक दिन...

म्याडोनाको निजी सामान लिलामीमा रोक

म्याडोनाको निजी सामान लिलामीमा रोक

गोपनीयताको हनन भएको जनाउँदै अमेरिकी अदालतले अमेरिकी पपस्टार म्याडोनालाई निजी सामानको लिलामीमा रोक लगाएको छ। न्यूर्योकको जस्टिस गेराल्ड लेबोविट्स 'गाट्टा...

पर्दामा 'लोक'को धाक

पर्दामा 'लोक'को धाक

तीन  दिनअघि मात्र फिल्म 'दुई रुपैयाँ'को 'कुटुमा कुटु' गीतले एक महिनाभित्रै एक करोड दर्शकले हेरिदिएको खुशी केट काटेरै मनायो। ...

अमेरिकी गायक चेस्टरले गरे आत्महत्या

अमेरिकी गायक चेस्टरले गरे आत्महत्या

विश्व प्रख्यात अमेरिकी गायक चेस्टर बेनिङ्गटनले आत्महत्या गरेका छन् । ...