७ वैशाख २०८१ शुक्रबार
अर्थ

छहरामा त्रिवेणी विकास बैंकको शाखा

पाल्पा – त्रिवेणी विकास बैंकले रैनादेवी छहरा गाउँपालिका केन्द्रको रुपमा रहेको छहरामा शाखा विस्तार गरेको छ । 
शाखाको उद्घाटन गर्दै बैंकका संस्थापक अध्यक्ष लङ्कबहादुर केसीले ग्रामिण क्षेत्रमा काम गर्ने किसानहरुलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिने बताए । उनी भन्छन्, ‘पर्यटकीय जिल्ला पाल्पामा पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै एग्रो टुरिजम विकास गर्न सके किसान दाजुभाईलाई समेत सहयोग पुग्ने छ ।’ उनले पर्यटन व्यवसायमा आफुहरू लगानी गर्न चाहेको बताउँदै प्रतिफलमा आधारित व्यवसायिक कार्यमा संलग्न हुन आग्रह गरे । त्रिवेणी विकास बैंक नेपाल सरकारबाट ‘ख’ वर्गको मान्यता प्राप्त बै‌क हो । 
उद्घाटन कार्यक्रममा छहराका अगुवा किसान टीकाराम पोखरेलले बैंकले गाउँघरका मानिसहरुलाई सहज रुपमा बैंकिङ्ग सेवा दिनुपर्ने बताए । शाखामा ७६ वर्षीय वृद्ध यमलाल कोइरालाले पहिलो खाता खोलेका थिए । बैंकले शाखा विस्तार गरेसँगै यस क्षेत्रका विभिन्न गाउँपालिकाका दश बढी वडाहरूलाई प्रत्यक्ष फाईदा पुग्ने बताईएको छ । बैंकको यो २९ औं शाखा हो । 
 

प्रकाशित: ६ चैत्र २०७३ ०९:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App