भारतीय मोडल रेवती नेपाली फिल्म खेल्दै

आइतबार, ०६ चैत २०७३, १६ : ०५ स्मृति ढुंगाना  | @aesmriti


काठमाडौं – भारतीय मोडल रेवती क्षेत्रीले नेपाली फिल्ममा अभिनय गर्ने भएकी छिन्। लेखक सुविन भट्टराईको ‘समर लभ’नामक पुस्तकको कथामा बन्न लागेको फिल्ममा उनी देखिने भएकी हुन्। 

निर्देशक मुस्कान ढकालले निर्देशन गर्न लागेको ‘समर लभ’ फिल्ममा उनीले अभिनय गर्ने पक्का भएको हो।

निर्देशक मुस्कान ढकालले निर्देशन गर्न लागेको ‘समर लभ’ फिल्ममा उनीले अभिनय गर्ने पक्का भएको हो। आइतबार राजधानीमा आयोजित कार्यक्रममा फिल्म निर्माणको औपचारिक घोषणा गरिएको छ।

सन् २०१५ को फेमिना मिस इण्डियामा सहभागी मोडल रेवतीले यसअघि ‘ग्याङ् अफ नर्थ वेस्ट’नामक फिल्ममा अभिनय गरेसकेकी छिन्। आसाममा जन्मिएकी उनले अभिनय गर्ने ‘समर लभ’ फिल्मको औपचारिक कार्यक्रममा देखिएकी उनले आगामी दिनमा नेपाली फिल्म खेल्न सक्ने प्रतिक्रिया दिइन्।

‘नेपाल मेरो मामाघर हो। मामाघरमा आएर फिल्म खेल्न पाएकोमा उत्साहित छु। समर लभ पुस्तक पहिला पढिसकेको हुँदा यसमाथि बन्न लागेको फिल्ममा काम गर्न पाउँदा खुसी छु', उनले भनिन्। फिल्मको मूख्य पात्र सायाको भूमिकामा उनी देखिने छिन्।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

तस्विरमा कलाकारको भाइटीका

तस्विरमा कलाकारको भाइटीका

तिहारको अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरंगी वा...

मुसहरबासीले धुर्मुस सुन्तलीको पुजा गर्दै लक्ष्मी भित्र्याए

मुसहरबासीले धुर्मुस सुन्तलीको पुजा गर्दै लक्ष्मी भित्र्याए

धुर्मुस सुन्तलीले निर्माण गरेको एकिकृत नमूना मुसहर बस्तीमा बसिरहेका स्थानीयहरुले उनीहरुको तस्बिरमा पुजा गर्दै लक्ष्मी भित्र्याएका छन् । धुर्मुस सुन्तली...

तिहारलाई कोसेली ‘रानी’ र ‘रुद्रप्रिया’

तिहारलाई कोसेली ‘रानी’ र ‘रुद्रप्रिया’

तिहारलाई लक्षित गर्दै बिहीबार अर्थात लक्ष्मीपूजाको दिनबाट दुई फिल्म ‘रुद्रप्रिया’ र ‘रानी’ प्रदर्शनमा आउँदैछन् । चाडबाडलाई लक्षित गरी फिल्म प्रदर्शन...

कार्यक्रमको सभापति नै आलु  !

कार्यक्रमको सभापति नै आलु !

कुनै पनि औपचारिक कार्यक्रममा उद्घोषकले विशिष्ट व्यक्तिलाई प्रमुख अतिथी वा सभापति राखेर कार्यक्रम सञ्चालन गर्छन् । तर, मंगलबार यस्तो परम्पराभन्दा...