चिनीयाँ राष्ट्रपति र अमेरिकी विदेश मन्त्रीबीच भेटवार्ता

आइतबार, ०६ चैत २०७३, १६ : ३५ नागरिक


बेइजिङ – चीनका राष्ट्रपति सि जिनपिङसँग अमेरिकाका विदेश मन्त्री रेक्स टिलर्सनले आइतबार चीनमा भेटवार्ता गरेका छन् । 

चीन भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री टिलर्सनले वेइजिङको ग्रेड हल अफ पिपुलमा राष्ट्रपति जिनपिङलाई भेटेर चीन अमेरिका सम्वन्ध सुधारका बारेमा कुराकानी गरेको अधिकारीहरुले जानकारी दिएका छन् । 

सो अवसरमा राष्ट्रपति जिनपिङले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग आफू टेलिफोन र ‘एसएमएस’मार्फत् आफू सम्पर्कमा रहिरहेको बताए। राष्ट्रपति ट्रम्प र आफूबीचमा असल सम्वन्ध र सहकार्यका अगाडी बढ्ने सहमति भएको पनि जिनपिङले जानकारी दिएका थिए । 

उनले दुईपक्षीय हित र सहकार्य, क्षेत्रीय र विश्वव्यापी विषयमा साझा धारणा बनाउन चाहेको पनि बताएको अधिकारीहरुले जनाएका छन् । 

राष्ट्रपति जिनपिङले आपसी समझदारीका आधारमा दुई पक्षीय सम्वन्धलाई पुर्नविचार गर्नु पर्नेमा समेत जोड दिएका थिए । उनले राष्ट्रपति ट्रम्पलाई चीनमा स्वागत गर्न आफु प्रतिक्षारत रहेको बताए। 

राष्ट्रपति ट्रम्पको भ्रमणको तयारीकै लागि विदेशमन्त्री टिलर्सन बेईजिङ पुगेका हुन्। रासस/सिन्ह्वा 









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

'पहिला नेपाली फिल्म हेर्दा झुर लाग्थ्यो'

'पहिला नेपाली फिल्म हेर्दा झुर लाग्थ्यो'

अभिनय क्षेत्रमा आउनुअघिसम्म नेपाली फिल्मप्रति अभिनेत्री सुरक्षा पन्तको धारणा सकारात्मक थिएन। नियमित फिल्म हेर्ने गरे पनि फिल्मप्रति उनको आलोचना तिखो...

विवादित बन्यो राष्ट्रिय कला प्रदर्शनी

विवादित बन्यो राष्ट्रिय कला प्रदर्शनी

आन्तरिक विवाद थाती राखेर सुरु भएको सातौं राष्ट्रिय ललितकला प्रदर्शनी विवादित बनेको छ। गलत कलाकृतिलाई पुरस्कृत गर्नेदेखि लिएर  प्रतिष्ठानका गतिविधी...

सायद २ को दोस्रो ट्रेलर सार्वजनिक

सायद २ को दोस्रो ट्रेलर सार्वजनिक

नेपाली फिल्म ‘सायद २’ ले दोस्रो ट्रेलर सार्वजनिक गरेको छ। आइतबार हाइलाइट्स नेपालको औपचारिक च्यानलमार्फत ‘सायद २’ को दोस्रो ट्रेलर...

प्रेमध्वज–दुर्गालालको ठट्टा

प्रेमध्वज–दुर्गालालको ठट्टा

श्रेष्ठले घोषणा गरे–‘कसैले प्रेमध्वज कहिल्यै रिसाएको, रिसाएर मुख बिगारेको देखेको भए भन्नु, तुरुन्तै १० हजार पुरस्कार ।’ प्रधानसँगै उपस्थित गलल...