coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लाइसेन्स परीक्षामा १० प्रश्न मिलाए उत्तीर्ण

काठमाडौं- यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षालाई सरल बनाएको छ।  विभागले लाइसेन्सको लागि लिइने लिखित परीक्षाको पाठ्यक्रम नै परिमार्जित गरेर सरल बनाएको हो। लिखित परीक्षामा अधिंकाश परीक्षार्थी अनुत्तीर्ण हुनथालेपछि विभागले पाठ्यक्रम नै सुधार गरेको विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए।

नयाँ पाठयक्रम अनुसार अब लाइसेन्सको लिखित परीक्षामा २० वटा मात्रै वस्तुगत प्रश्न सोधिनेछन्। जसमा १० वटा वस्तुगत प्रश्नको उत्तर मिलाउने परीक्षार्थी ट्रायलको लागि योग्य हुने छन्।

‘लिखित परीक्षा धेरै अव्यवहारिक भयो भन्दै धेरै गुनासा आएका छन् ।त्यसैले कार्यदल नै गठन गरेर व्यवहारिक र सरलिकृत गरेका हौं,’ उनले भने,‘सम्भवत् अब  लिखित परीक्षामा धेरै परीक्षार्थी पास हुनेछन्।’ विभागका  निर्देशक चन्द्र फुयाँलको नेतृत्वमा तीन सदस्यीय कार्यदल  गठन गरेर नै लिखित परीक्षाको पाठयक्रम सुधारेको हो। नयाँ पाठयक्रम अनुसार अब लाइसेन्सको लिखित परीक्षामा २० वटा मात्रै वस्तुगत प्रश्न सोधिनेछन् । जसमा १० वटा वस्तुगत प्रश्नको उत्तर मिलाउने परीक्षार्थीले ट्रायलको लागि योग्य हुने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए । विभागले यस अघि ८१ नम्बरको विषयगत र १९ नम्बरको वस्तुगत प्रश्न सोध्ने गरेको थियो।

विभागका महानिर्देशक भट्टराईले सवारीचालक अनुमतिपत्रको लिखित परीक्षालाई व्यवहारिक  र सरलीकृत गर्न यस्तो निर्णय गरेका हुन् । ‘लाइसेन्सको लिखित परीक्षालाई व्यवहारिक र प्रयोगात्मक बनाउनको लागि पाठ्यक्रम सुधारेका हौं,’ उनले भने,‘अधिंकाश परीक्षार्थी लिखितमा नै फेल भएको देखियो। जसको कारणले कार्यालयमा भीडभाड कम हुने र बिचौलियाको हावी घट्नेछ ।’ विभागका अनुसार यस अघि लिखित परीक्षामा ४० प्रतिशत परीक्षार्थी अनुतीर्ण हुदैं आएका थिए । विभागले यसअघि नै एकपटक लिखित परीक्षा पास गरेकालाई तीनमहिनाभित्र तीनपटक ट्रायल दिने व्यवस्था गरिसकेको छ ।

लाइसेन्सको बर्ग थप्न ट्रायल दिनुनपर्ने

विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को वर्ग थप्प  गर्न लिखित परीक्षा दिनु नपर्ने भएको छ। विभागले एक पटक लाइसेन्सको लिखित पास गरेर लाइसेन्स लिएका सवारीचालकले फेरी वर्ग थप्नुपर्दा पुनः लिखित परीक्षा दिनु नपर्ने नयाँ व्यवस्था गरेको छ । यस अघि लाइसेन्स लिइसकेकाले पनि पुनः वर्ग थप्प गर्दा पनि लिखित परीक्षा दिएर मात्रै ट्रायल दिन पाउथे । तर अब देखि भने सिधैं ट्रयाल परीक्षा दिन पाउने व्यवस्था गरेको विभागका प्रवक्ता पाण्डेले जानकारी दिए। 

 

 

 

 

 

प्रकाशित: ६ चैत्र २०७३ १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App