coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

फ्रि भिषा/टिकट कार्यान्वयन गर्न एनअारएनएको अाह्वान

क्वालालम्पुर— विदेशबाट पैसा पठाउँदा औपचारिक तथा कानुनी माध्यम (बैंकिङ च्यानल) प्रयोग गर्न आह्वान गर्दै गैरआवासीय नेपाली संघको एसिया प्रशान्त ५ औं क्षेत्रीय सम्मेलन सकिएको छ।

सम्मेलनले खाडी राष्ट्रहरु र मलेसियालगायत विभिन्न मुलुकहरुमा जाने नेपाली कामदारलाई दिइने भनिएको फ्रि भिसा फ्रि टिकटको व्यवस्था व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने ठहर गर्दै यसका लागि नेपाल सरकारसँग सहकार्य गर्न अन्तराष्ट्रिय समन्वय परिषद्लाई आग्रह गर्ने निर्णय गरेको छ।

हुण्डीबाट जाने गरेको रकमले मातृभूमि नेपालको विकासमा टेवा नदिने तथ्यलाई मनन गर्दै सम्मेलनले यस्तो आह्वान गरेको हो। नेपालको प्रमुख रोजगारी गन्तव्य र करिब ६ लाख नेपाली रहेको अनुमान गरिएको मलेसिया नेपाललाई विप्रेषण प्रवाह गर्ने मुलुक मध्येहरुमा भारतपछि दोस्रो ठूलो मुलुक हो।  

सम्मेलनले खाडी राष्ट्रहरु र मलेसियालगायत विभिन्न मुलुकहरुमा जाने नेपाली कामदारलाई दिइने भनिएको फ्रि भिसा फ्रि टिकटको व्यवस्था व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने ठहर गर्दै यसका लागि नेपाल सरकारसँग सहकार्य गर्न अन्तराष्ट्रिय समन्वय परिषद्लाई आग्रह गर्ने निर्णय गरेको छ।

सरकारसँगको सहकार्यमा परिषद्मार्फत वैदेशिक रोजगारीका नाममा हुने गरेका ठगी रोक्न, उचित पारिश्रमिकको व्यवस्था मिलाउन, पीडित कामदारको शीघ्र उद्धार, न्याय र क्षतिपूर्ति सुनिश्चित गर्न पहल गरिने पनि निर्णय गरेको छ।

सम्मेलनले मलेसिया, थाईल्याण्ड र म्यानमारमा पुस्तौंदेखि बसोबास गरिआएका नेपालीलाई गैरआवासीय नेपाली परिचय पत्र उपलब्ध गराउन पहल गर्ने निर्णय गरेको छ। विदेशी भूमिमा नेपाली कामदारलाई नेपालीले ठग्ने, शोषण गर्ने प्रवृत्ति बढेको भन्दै सम्मेलनले त्यस्तो विकृति रोक्न सम्बन्धीत मुलुकको दूतावासमार्फत पहल गर्ने निर्णय गरेको छ।

भूकम्पपछि नेपालको पूननिर्माणका लागि दक्ष जनशक्तिको आवश्यकता रहेकोले नेपाली कामदारलाई नेपाल नै फर्किन प्रोत्साहन गर्ने निर्णय पनि सम्मेलनले गरेको छ।

मलेसियामा रहेका नेपालीको अंग्रेजी भाषा तथा दक्षता बढाउन मलेसिया–नेपाल बिजनेस काउन्सिलका अध्यक्ष दातो प्रदीप कुक्रेजाले मलेसियामा व्यक्तिगत रुपमा स्कूल सञ्चालन गरी निःशुल्क पढाइकक्षा संचालन गर्ने निर्णय पनि सम्मेलनमै सुनाएका छन्। कुक्रेजाको उक्त निर्णयको स्वागत गर्दै सम्मेलनले राष्ट्रिय समन्वय परिषद मलेसिया र उक्त काउन्सिलबीच सम्झौता गर्ने निर्णय गरेको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको सानोसानो पूँजीलाई एकीकृत गरी नेपालमा लगानीका निम्ति उपयुक्त क्षेत्र पहिचान गर्ने, साना तथा मझौला र ठूला उद्योगमा लगानी प्रोत्साहन गर्ने निर्णय गरेको छ।

वैदेशिक रोजगारमा गएका व्यक्तिहरुलाई संचयकोष प्रदान गर्ने सरकारको निर्णयको स्वागत गर्दै कर्मचारी संचयकोषसँग सहकार्य गरी चाँडै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सञ्चयकोष प्रदान गर्न सहकार्य गर्ने जनाएको छ।  

मलेसियामा पीडित नेपालीको उद्धारका लागि स्थापना गरिएको कल्याणकारी कोषलाई प्रभावकारी बनाउने र क्षेत्रीय सम्सम्मेलनबाट बचेको रकम उक्त कोषलाई नै प्रदान गर्ने सम्मेलनको घोषणा छ।

‘दक्ष जनशक्ति, उद्यमशीलता, सम्बृद्ध नेपालको आवश्यकता’ भन्ने नारासहित शनबिारसाँझ बाट शुरु भएको उक्त दुई दिने सम्मेलन आइतबार ९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । सम्मेलनको उद्घाटन परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले गरेका थिए। सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका विभिन्न १७ देशका झण्डै २ सय प्रतिनिधिको सहभागिता थियो।

उद्‌घाटन सत्रमा कसले के भने ?
सम्मेलनको औपचारिक उद्‌घाटन परराराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले आइतबार गरेका थिए। सम्मेलनको उद्‌घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री महतले नेपालमा लगानीको प्रशस्त अवसर र सम्भावना रहेको बताए ।

‘गैरआवासीय नेपालीहरुसँग भएको सीप र आर्थिक पूँजी नेपालमा लगानी गर्न सके कृषि, घरेलु तथा साना उद्योगको उत्पादन बढाउन सकिन्छ,’ उनले भने, ‘नेपालको आयातमुखि अर्थतन्त्रलाई निरुसाहित गर्न निर्यात व्यापार बढाउन सकिन्छ।’ उनले आफूले पहिलादेखि नै मलेसियालगायत देशमा रोजगार गर्न जाने नेपालीका समस्याका विषयमा आफू पहिलेदेखि नै जानकार रहेको भन्दै परराष्ट्रमन्त्री भएपछि थप जानकार भएको बताए। आफ्नै देशको आर्थिक विकासपछि मात्रै विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको समस्याको दीर्घकालिन समाधान हुने उनले बताए।

‘नेपालका सैदान्तिक वैचारिक राजनीतिका कुरा धेरै भए,’ उनले भने, ‘अब विकासका कुरा गरौं। अब विकासबारे बहस होस्।’  वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा रहेका नेपालीहरुको हर समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको पनि उनले बताए ।

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि धेरैजसो ऐनकानुनहरु भर्खर बनेको र संविधान भर्खरै जारी भएकोले नेपालमा लगानीका लागि निकै सहज अवसर र सम्भावना भएको बताए ।

कार्यक्रममा मलेसियाका लागि नेपालका राजदूत निरञ्जनमान सिंह बस्नेतले रेडियो कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिएका थिए। ‘विभिन्न अभियोगमा मृत्युदण्डको सजाय तोक्न लागिएका र बन्दी बनाइएकाहरुको माफीका लागि पहल भइरहे छ,’ उनले भने, ‘मलेसियाको एउटा सञ्चार संस्थासँगको सहकार्यमा हरेक आईतबार ८ बजेदेखि ९ बजेसम्म प्रशारण हुने गरी नेपाली भाषामा साप्ताहिक रुपमा रेडियो कार्यक्रम शुरु गरिएको छ।’

कार्यक्रममा एनआरएनका संस्थापक अध्यक्ष शेष घलेले मलेसिया करिब ६ लाख कर्मवीर नेपालीहरुको कर्मथलो भएकोले मलेसियालाई कम नआँक्न सरकार र गैरआवासीय नेपालीहरुलाई आग्रह गरे। मलेसियालाई सरकार र एनआरएनले नै पनि विगतमा हेयको दृष्टीले हेरिएको बताउँदै उनले त्यो गलत भएको बताए। एनआरएन ७६ देशमा फैलिएको बताउँदै उनले मलेसियाले नेपालमा भारतपछि सबैभन्दा बढी रेमिट्यान्स नेपाल पठाउने गरेको बताए। सबै देशमा रहेका एनआरएनएले आफ्ना स्थानीय समस्याहरुलाई नै समाधानमा जोड दिनुपर्ने बताए।

कार्यक्रममा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई गरिबीबाट उन्मुक्त नपारेसम्म विश्वका जुनसुकै ठाउँमा रहे पनि गैरआवासीय नेपालीको इज्यत नबढ्ने बताए । नेपालमै रोजगारीको अवसर होस् र नेपालकै समृद्धि होस् भन्नका लागि नै एनआरएनको स्थापना गरिएको उनले बताए।

‘नेपाललाई समृद्ध बनाउने सपना पूरा नभएसम्म एनआरएन सक्रिय रुपमा अघि बढ्ने छ र अब छिट्छै नेपाल समृद्ध हुने पनि छ,’ उनले भने।

एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछानेले अहिलेको विश्व ग्लोबल भिलेजको रुपमा आइरहेको अवस्थामा एनआरएनले पनि विश्वका हरेक क्षेत्रमा सक्रिय रुपमा अघि बढ्नु पर्ने र मातृभूमि नेपालको विकासका लागि सबै गैरआवासीयहरु सक्रिय हुनुपर्ने बताए।
शनिबार साँझबाट सुरु भएको २ दिने सम्मेलनमा क्षेत्रीय सम्मेलनमा एशिया प्रशान्तका क्षेत्रका १५ देशका करिब २०० गैरआवासीय नेपालीहरुको सहभागिता रहेको सम्मेलनको आयोजक गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ।

प्रकाशित: ६ चैत्र २०७३ १३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App