coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

सघाउँदै सेना

दैलेख— पानीका मुहानहरू सुक्न थालेपछि नारायण– ६ नयाँ गाउँका स्थानीय र नेपाली सेनाले संयुक्त रूपमा तारबार र संरक्षण गरेका छन् । स्थानीयले खुलाहुँदा फोहर पानी पिउनुपर्ने तथा संरक्षण नहुँदा पानीका मुहान सुक्न थालेपछि स्थानीयसँगै मिलेर सेना संरक्षण कार्यमा जुटेको हो।

खानेपानीका लागि मात्र नभई सेनाले स्थानीयसँग मिलेर सामाजिक काममा सघाउन थालेको छ। श्री समसुर गुल्म काँडाचौरबाट गएको नेपाली सेनाको टोली र स्थानीय नागरिक मिलेर कृषि अनुसन्धान केन्द्र (बागबानी) नजिक रहेका धाराका मुहान सरसफाइ, मुहान आसपास तारबार, वर र पीपलको रुख संरक्षणका लागि पर्खाल लगाउन थालेका छन्। स्थानीय र सेनाका जवानले गरेको सामाजिक कार्यलाई हौसला दिन स्थानीय विकास अधिकारी हरि प्याकुरेल र गुल्मपति सूर्यकान्त घिमिरे पनि मुहान संरक्षण गर्न पुगेका थिए । सानातिना काम गर्दा पनि जिविस÷नगरपालिकाकै भर पर्नुपर्ने प्रचलन बढेका बेला यहाँका नागरिकले सेनाको सहयोगमा संरक्षणको कार्य गरेका हुन्।

स्थानीयलाई हौसला दिन स्थानीय विकास अधिकारी प्याकुरेलले ढुङ्गा ओसारे । प्याकुरेलले उनीहरूले गरेको कार्यको प्रशंसा समेत गरे। ‘स्थानीय नागरिकलाई सहयोग पु¥याउन सेनाले सहकार्य गरेको हो,’ गुल्मपति सूर्यकान्त घिमिरेले भने, ‘जनताको सेवाका लागि सेनाले मूल संरक्षण, तारबार घेरबार गरेको हो ।’ आपूmहरूले प्रयोग गर्ने मुहान नै प्रदुषित भएपछि सबै मिलेर सरसफाइ गरेको स्थानीय भगवती खनालले बताइन्।

‘सेनाले आफूहरूको काममा सहयोग गरेर हौसला दिएको छ,’ भगवतीले भनिन्, ‘सेनासँगै मिलेर वर पीपलको बोट संरक्षण गर्ने काम पनि भयो र मूल आसपास तारबार पनि गरियो ।’ संरक्षित गरिएको खानेपानीको मुहानबाट नयाँ गाउँ, किमु गाउँ, रामपुर, गणेश चौक र काँडाचौरका स्थानीयले पानी पिउँदै आएका छन् । मूलका श्रोत धेरै भए पनि संरक्षण हुन नसक्दा बर्सेनि सुक्दै गइरहेको स्थानीय बताउँछन् ।  सदरमुकाम नजिक धेरै पानीको मुहान भएको स्थान भएकाले असारमा आसपास बृक्षारोपण कार्यक्रम गरिने स्थानीय विकास अधिकारी प्याकुरेलले बताए।

 

प्रकाशित: २ असार २०७३ १४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App