महोत्तरीमा खानेपानी हाहाकार

सोमबार, ०७ चैत २०७३, १३ : १९ महेशकुमार दास

महोत्तरी – जथाभावी चुरे दोहन र लामो खडेरीले महोत्तरीको चुरे क्षेत्रमा पानीको मुहान सुक्न थालेपछि जिल्लाको उत्तरवर्ती आधा दर्जन भन्दा बढी ग्रामिण क्षेत्रमा खानेपानी समस्या शुरु भएको छ ।  
जथाभावी बन फडानी र अनियन्त्रित चुरे दोहनका कारण पर्यावरणमा पर्न गएको प्रत्यक्ष प्रभावका कारण पानीको सतह घटेर गर्मी बढेसँगै पानीको मुहानहरू धमाधम सुक्न थालेपछि महोत्तरीको आधा दर्जन ग्रामिण क्षेत्रका वस्तीमा खानेपानिको हाहाकार नै हुन पुगेको छ । 
जिल्लाको वर्दिवास नगरपालिका अन्र्तगतका हातिलेट , खयरमारा , किसाननगर , माईस्थान , विजलपुरा , पशुपतिनगर , भंगहा गाउँपालिकाको वडा नं. ४ स्थित वस्ती , गौशाला नगरपालिका अन्तर्गतका  बेलगाछी , रामनगर , कुशमाडी लगायतको केही वडा लगायत ग्रामीण वस्तीहरूमा अहिले पानीको मुहानहरू सुक्न थालेपछि पानिको हाहाकार हुन थालेको स्थानियहरूले बताएको छ । 
जिल्लाका खानेपानीका लागि इनार र चापाकलको स्रोतमा निर्भर रहँदै आएका बर्दिवास नगरपालिकाको  पशुपतिनगर, किसाननगर, बेलगाछी, बिजलपुरा, भरतपुर, रामनगर, लक्ष्मीनिंयाँ र भङ्गाहासहितका गाविस वस्तीमा स्रोत सुक्दै गएपछि खानेपानीको हाहाकार परेको त्यहाँका बासिन्दाको भनाई छ ।
सुख्खा खडेरीसँगै नदीको सिरानमा हुने वन फडानी ,चुरे दोहन र नदीबाट दैनिक झिकिने गिटी बालुवा ढुंगाका कारण नदी भासिएर पानि सुक्दै गएको छ । 
चुरे दोहनको कारण जमिनमुनि पानीको रिर्चाज सिस्टममै समस्या उत्पन्न भई जमिन मुनि पानि रिर्जवमा कमी भएको र वर्षा समेत नभए पछि पानीको मुहान धमाधम सुक्न थालेका छन् । 
‘गाउँ भरिका ९० प्रतिशत भन्दा बढी पानिको मुहान सुक्ने अवस्थामा छ ।’ पशुपतिनगरका स्थानीय अमृत महतोले भने ‘अझ एक साता यस्तै रहे भने खानेपानीका लागि २ किलोमिटर टाढा पुगेर खोलाको पानि ल्याएर खानु पर्ने बाध्यातामक स्थिति श्रृजना हुन्छ । ’
५ सय घर परिवारको वस्ती रहेको भंगहा गाउँपालिमा वडा नं. ४ मा खानेपानिको मुहानको रुपमा रहेको भएको भरको चापाकल सुक्न थालेका छन् भने पुरानो सबै ईनारहरुमा पानिको सतहकम भई सुक्ने अवस्थामा पुगि सकेको स्थानिय सत्यनारायण यादवले बताए । 
‘पुरानो चापाकल र ईनार जति सबेै सुक्ने अवस्थामा छ ’ भंगहा गाउँपालिकाका यादवले भने  ‘पोहरपरार खनिएको ईनारमा मात्र पानि रहेको र सोहि ईनारबाट हामी सवै गाउँलेले जेनतेन पानिको जोहो गर्न भ्याएका छौं ।’ 
‘नयाँ ईनारको संख्या थोरै रहेकाले ती ईनारबाट पानि खानेहरुको चाँप बढी पर्न गएपछि ती ईनारहरु पनि कुन वेला सुक्ने हो ठेगान नै छैन ’ यादवले थपे । 
‘यस वर्ष चैत्रको पहिलो सातादेखि नै गर्मी बढने क्रम शुरु भएकोले चाँडै नै पानिको मुहानहरु सुक्न थालेपछि पानिको हाहाकार हुन पुगेको छ ।’ स्थानियको कथन छ । 
यस्तै पशुपतिनगरमा रहेको एक सय ३० ईनार मध्ये एक सय ५ वटा ईनार सुक्ने अवस्थामा पुगि  सकेको स्थानियले बताएको छ । गर्मीको शुरुमै यतिका धेरै ईनार एकै चोटी सुक्ने अवस्थामा पुगि सकेपछि स्थानीयहरु पानिका लागि भौतारिनु पर्ने बाध्यता रहेको स्थानियहरु बताउँछन ।  
खानेपानी र सिंचाईको लागि पनि ईनार र चाँपाकलकै भर पर्नु पर्ने भएकाले किसानहरुले खतेबारीमा लगाएको तरकारी बालिहरूपनि सुक्न थालेको किसानहरूले बताएको छ । 
पानिको हाहाकार भएका ग्रामीण वस्तीका किसानहरुले खेतवारीमा लगाएको प्याज परबल , घिरौला , भिन्डी , करेला लगायतका तरकारीबाली पानीकै अभावमा खेतमा सुक्न थालेपछि यहाँका किसानलाई ज्यादै नै पिरोल्न थालेको भंगाहागाउँपालिका ४ किसान जवाफ शेखले बताए । 
महोत्तरीको उत्तरवर्ती क्षेत्रमा प्रत्येक वर्ष गर्मी याममा पानिको समस्या हुनेको जान्दाजान्दै पनि सरोकारवाल निकायले वेलैमा ध्यान नपु¥याउँदा हामीहरुलाई खानेपानिका साथै सिंचाईका लागि पनि समस्या भोग्न बाध्य रहँदै आएका छन ।
चैतको पहिलो सातादेखि नै इनार र चापाकल सुक्दै गएपछि खानेपानी लिन छिमेकका गाउँबस्ती र नदीमा जान थाल्नु परेको किसाननगर पे्रमनगरकी बासिन्दा मनकली कुशवाहाले बताए । 
आफ्नो बस्तीको ६० हात गहिरो इनारमा पानी स्याप्पै सुकेको एक साता नाघी सकेको बिजलपुराका गृहिणीले बताएका छन् । भङ्गाहा गाबिसका चापाकल धमाधम सुक्न थालेपछि खानेपानी लिन बडहरी र रातुखोला धाउनु परेको सर्वसाधारणले बताएका छन् । सामान्यतया ५० हात गहिरो गाडिएका चापाकलको खानेपानीका पाइपमा  पानीको स्रोत सुकेपछि खिया लाग्न थालेको भङ्गाहा गाउँपालिकाघर भएकी दिपमाया श्रेष्ठले बताइन् । अहिले खानेपानीको मात्रनभई न्वाइध्वाई र बस्तुभाउलाई ख्वाउने पानीको समेत हाहाकार भएको गौरीवास घर भएकी गृहिणी गीता शर्माले बताइन ।
यसैबीच पानिको मुहान सुक्न थालेपछि जिल्लाको ठूलो जनसंख्या खानेपानी अभावको समस्या भोग्न बाध्य भएपछि खानेपानी कार्यालयले आफना योजनाहरू सञ्चालन रहेको ठाउँहरूमा गाडिएको टुयुवेलहरूबाट तात्कालिन समस्या सामाधानका बोरिङ्ग भएर ओभर हेड नभएका ठाउँहरूबाट सप्लाई गर्ने कार्य शरु गरिएको खानेपानी तथा सररसफाई कार्यालयका प्रमुख देवेन्द्र झाले बताएको छ । 
खानेपानी तथा सरसफाई कार्यालयका प्रमुख झाले पशुपतिनगरमा पोहरपरार जस्तै यसपालि पनि पानिको मुहान सुकेर अलिक बेसी समस्या भएको बताए । 
आफ्ना कार्यालयमा खानेपानीका लागि आएको रेगुलर बजेटबाटै काम भई रहेकाले दीर्घकालिन समस्या सामाधानका लागि खानेपानीको समस्या भएका ठाउँलाई सुख्खा क्षेत्र घोषणा गरेर विशेष योजना ल्याउनु पर्ने आवश्यक रहेको खानेपानी प्रमुख झाले बताएको छ । 
‘क्लाइमेट परिवर्तन भएर यो समस्या आएको हो ’ खानेपानी प्रमुख झाले भने ‘यो नेचुरल समस्याको समाधानका लागि सुख्खाग्रस्त क्षेत्र घोषणा एक मात्र उपाय रहेको छ ।’
अहिले बढदो गर्मी संगै चाँपाकल र ईनार सुक्नुको साथै खानेपानी कार्यालयद्वारा संचालित योजना अन्र्तगत रहेको टुयुवेलहरुमा पनि पानिको लेयर घटदै गएको देखिएको झाले बताएको छ । 
यता भुसरक्षन कार्यालयले चुरे क्षेत्रमा रहेको पानिहरुको मुहान बचाउन आफना कार्यालयमा वजेट अभावका कारण कुनैपनि ठोस गतिविधि गर्न नसकेको बताएको छ । 
पानिको मुहानको सुरक्षित गर्ने मूख्य अभिभारा भुसंरक्षण कार्यालयको रहे पनि बजेट अभावमा केही पनि गर्न नसकिएको कार्यालयले जनाएको छ । 
जिल्लामा खानेपानी र सिंचाई क्षेत्रमा विद्यमान समस्याको अन्त्य जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्नु मात्र एक विकल्प भएको उनले बताए । 
सरकारले एकृकित योजना वनाएर सिंचाई , कृषि वन , भुसंरक्षण , खानेपानी तथा सरसफाई कार्यालय लगायतलाई बजेट दिएर दु्रत गतिमा काम गरेमात्र जिल्लामा पानिको समस्या अन्त्य हुन सक्ने भूंसरक्षण प्रमुख महतो बताउँछन । 
यता भूसंरक्षण कार्यालय लगायत सरोकारवाला सबै कार्यालयहरूले आफनो जिम्मेवारी पुरा नगरेकै कारण पनि महोत्तरीमा खानेपानीको समस्या वर्षेनी भोग्नु पर्दै आएको स्थानियको भनाई छ । चुरे क्षेत्रका वस्तीहरूका लागि करौडौँ खर्चिएर बनेका योजनाहरू निश्प्रभावि बनेको छ । 
पाँच सात वर्ष अघि सम्म जिल्लामा यस्तो धेरै खानेपानीको अभाव थिएन । तर अहिले आएर पानीको मुहान सुक्न थालेपछि खानेपानीको वैकल्पिक व्यवस्था खोजी गर्न थालिएको छ । 
जिल्लामा प्राकृतिक सम्पदाको संरक्षण चुरेको संरक्षणका लागि समयमा नै सम्बन्धित निकायले पहल नगर्दा यस्तो अवस्था आएको स्थानीयहरुको कथन रहेको छ । 
यसैबीच जिल्लास्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले खानेपानीका मुहानको सरसफाई, जलाधार क्षेत्रको मर्मत र संरक्षणका लागि आम उपभोक्ताबीच सचेतना कार्यक्रम सुरु गरेको जनाएको छ । कार्यालय प्रमुख डिभिजनल इञ्जिनियर देवेन्द्र झाले खानेपानीका उपभोक्तासँगको समन्वय र सहकार्यबाट स्रोत संरक्षण र व्यवस्थापनका कार्य सुरु गरिएका जानकारी दिएको छ । 
उत्तरवत्र्ती क्षेत्रका वनजङ्गल समुचित तवरले संरक्षित हुन नसक्नु र जलाधार क्षेत्रको मर्मतसम्भार र संरक्षण हुन नसक्दा वर्षेनी खानेपानीको हाहाकार बढ्ने गरेको जलाधार संरक्षण क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवासका अध्यक्ष नागदेब यादवले बताए ।  

 









यसमा तपाईको मत

अन्य समाचार

बाबुरामले हेरे ‘घामपानी’

बाबुरामले हेरे ‘घामपानी’

स्थानीय चुनावको चटारो छलेर पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई  बिहीबार फिल्म हेर्न कुमारी हल पुगेका छन्...

‘तपाेवनले सच्चा मित्र गुमायो’

‘तपाेवनले सच्चा मित्र गुमायो’

बिहीबार मध्याह्न एकाएक इन्टरनेटमा अभिनेता विनोद खन्नाको निधन भएको खबर भाइरल बन्यो । खबर काठमाडौंको ओशो तपोवनसम्म पुग्न समय लागेन...

‘कहिलेसम्म भात खान मात्र फिल्म बनाउने ?’

‘कहिलेसम्म भात खान मात्र फिल्म बनाउने ?’

‘फिल्म कसका लागि बनाउने ? फिल्म बनाउनुको ठोस उद्देश्य के हो ?’ आइतबार राजधानीमा फिल्म ‘नुमाफुङ’ हेरिसकेपछि यसका निर्देशक नविन...

‘मुसाफिर’ लिएर आए नृपेश

‘मुसाफिर’ लिएर आए नृपेश

पन्ध्र वर्षदेखि बेलायत बस्दै आएका गीतकार तथा गजलकार नृपेश उप्रेतीले ‘मुसाफिर’ नामक गजलसंग्रह गजल पारखीमाझ ल्याएका छन् । केही दिनअघि...