७ वैशाख २०८१ शुक्रबार
अन्य

जमलको झडपमा पशुपतिसम्शेर घाइते

नेता राणाको खुट्टामा लागेको चोट। तस्विर सौजन्यः मोहन श्रेष्ठ

काठमाडौं— राप्रपाका पूर्व अध्यक्ष तथा बरिष्ठ नेता पशुपति सम्शेर राणा जमलमा प्रहरीसँगको झडपमा घाइते भएका छन्। जुलुसको नेतृत्व गरी जमल चोकबाट निर्वाचन आयोगतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको हो। पार्टी विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हटाएको विरोधमा धर्ना दिन गएको जुलुसको नेतृत्व राणाले गरेका थिए।

पार्टी विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हटाएको विरोधमा धर्ना दिन गएको जुलुसको नेतृत्व राणाले गरेका थिए।

राप्रपा कार्यकर्ता जमल चोकदेखि आयोग कार्यालय रहेको बहादुर भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा प्रहरीले बल प्रयोग गर्दा राणा भाइते हुन पुगेका हुन्।

राप्रपा कार्यकर्तालाई नियन्त्रण गर्न प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको थियो। प्रहरीसँगको झडपका कारण जमल तनावग्रस्त बनेको थियो।

निर्वाचन आयोगले संविधानको व्यवस्था देखाएर राप्रपाको पार्टी उद्देश्य खारेज गरेको विरुद्ध सत्तारुढ दल राप्रपाले विरोध जनाएको हो।

संविधानमा रहेको राजनीतिक दलसम्बन्धी व्यवस्थामा कुनै राजनीतिक दलको नाम, उद्देश्य, चिन्ह वा झन्डा देशको धार्मिक वा साम्प्रदायिक एकातामा खलल पार्ने वा देशलाई विखण्डित गर्ने प्रकृतिको रहेछ भने भने त्यस्तो दल दर्ता हुने छैन भन्ने व्यहोरा उल्लेख छ। संविधानको सो व्यवस्थाअनुसार आयोगले राप्रपा विधानबाट 'हिन्दू राष्ट्र र राजतन्त्र...' हटाएको थियो।

आयोगको निर्णयविरुद्ध राप्रापले सदनमा संविधान संशोधन प्रस्ताव समेत दर्ता गराएको छ। उसले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने पर्ने भन्दै संसद सचिवालयमा आइतबार संशोधन प्रस्ताव दर्ता गराएको थियो।

राप्रपाका अध्यक्ष कमल थापा सरकारमा उपप्रधान तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्।

नेता राणालाई रोक्दै प्रहरी। तस्विरः दिनेश गोले

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App