सडकले ल्याएको खुशी

सोमबार, ०७ चैत २०७३, १४ : ५३ बिरा गडाल

बैतडी – एक वर्ष अघिसम्म पुरचौडीका किसान पिठ्युमा भटमासबोकेर खोडपे–बझाङ सडकखण्डको श्रीभावरसम्म पैदलै पुग्थे । उति बेला प्रतिकिलो पाँच रुपैयाँ त ढुवानी भाडा मात्र तिर्नुपथ्र्यो । सडक छेउको श्रीभावरमा भटमास बेचेर खाद्यान्नलगायतका घरायसी समाग्री बोकेर फर्कन्थ्ये ।
चारघण्टा टाढाको बाटो बोकेर लगेपछि हात परेको दाममा चित्त बुझाउनु बाहेक विकल्प थिएन किसानहरुलाई । गाउँको स्थानीय बजारमा भटमासको भाउ कम भएपछि बिक्रीको लागि श्रीभावर लैजानुपर्ने बाध्यता थियो । तर अचेल गाउँसम्म गाडी गुडन थालेपछि किसानहरू गाउँमा उत्पादन भएको समाग्री सजिलै बेच्न पाउँछन । गाउँमै राम्रो भाउमा बिक्री गर्न पाउँदा किसानहरु हर्षित भएका छन । पुरचौडी नगरपालिका–१ काधनबहादुर धानुकले भने‘अहिले बारीको तरकारी बोकर गाडीमा राखेर राम्रो भाउ पाउँदा किसानहरू आफैँ लैजान थालेका छन् ।’
बजारसम्म ल्याउन र बेच्नै समस्या भएपछि बारीमा फल्ने तरकारी र फलफूलतिर किसानको ध्यानै थिएन । कति कृषि उपज त माटोमा त्यत्तिकै फल्थे, त्यही मिल्थे । सडकले छोएपछि पुरचौडी क्षेत्रका किसानका दिन फेरिएका छन । अचेलभारी बोकेर दिनदिनभर हिँडेर श्रीभावरसम्म पुगेका कुरा कथाजस्तै सुनाउँछन् । सडकले नै स्थानीय उत्पादनलाई बजारसँग, गाउँलाई सहरसँग, किसानलाई उद्यमशीलतासँग र गरिबीलाई समृद्धिसँग जोडन थालेको छ ।
गाडी गुडनथालेपछि स्थानीय बजारमा समेत चहलपहल बढेको छ । बजार क्षेत्रसमेत बढ्दै गएको स्थानीय बताउँछन । दैनिक एक बस र चार पाँच जीप त्यतिकै मात्रामा ट्रक चल्न थालेका छन् । यातायातको सुविधा पुगेपछि वृद्ध अपांग र हिडन नसक्ने स्थानीयलाई समेत सहज भएको छ ।
सडक सञ्जाल जोडिएपछि बजारमा समानको भाउ समेत घटेको छ । घोडाखच्चर र भरियाबाट समान बोक्दा ढुवानी भाडा मंहगो भएपछि समान महंगो भएको स्थानिय व्यपारी बताउँथ्ये । अहिले सोझै गाडीले गाँउमै समान ओसार्छ ।

‘विकास हुनलाई सडक नभई पनि हुँदैन, फेरि सडक बन्दैमा पैसा ह्वारह्वार्ती गाउँ छिर्दैन ’ स्थानीय क्याम्पस प्रमुख


स्थानीय उत्पादनले बजार पाउन थालेपछि  स्थानीय किसान व्यवसायिक तरकारी, फलफुल खेती लगाउन थालेका छन् । पुरचौडी नगरपालिकाका रामसिंह ऐरले भने ‘बजारको कुनै सुर्ता छैन । किन्नेहरू घरै आउँछन, नआए बिहान गयो, बेच्यो, बेलुका घर फिर्यो ।’
। सडकको अभावसँगै उक्त क्षेत्रमायातायातका साधन सञ्चालननहुँदा स्थानीयलाई आवत जावत कठिन थियो । पेन्सन बुझ्न सदरमुकाम जाँदा घोडामा जानुपथ्र्यो पुरचौडी नगरपालिका–१ कापुर्व शिक्षक कालबहादुर बमले भने ‘हिडन नसक्दा सदरमुकाम पुग्न तीन दिन लाग्थ्यो अचेल एक दिनमै ओहोर दोहोर गर्न सकिन्छ ।’ चार घण्टाको पैदल यात्रा पश्चात् बस चढ्न कै लागि स्थानीयहरु श्रीभावर, बित्थड जानुपर्ने बाध्यता थियो । हाँटसम्म गाडी गुडन थालेपछि सहजभएको स्थानीय बताउँछन ।
पुरचौडीमा भइरहेकोे परिवर्तनको कारण हो यहाँको सडक सञ्जाल भर्खरै सरकारले पुरचौडी क्षेत्रका १० गाविस मिलाएर नगरपालिका घोषणा गरेको छ । अब विकासका अन्य पूर्वाधार थपिने भन्दै स्थानीय खुशी भएको डिलेश्वरी माविका प्रअ नवराज जोशीले बताए ।
सडक बन्दैमा आफैँ कतै पनि विकास हुँदैन  पुरचौडी बहुमुखी क्याम्पसका प्रमुख हिक्मतबहादुर धानुकले भने ‘विकास हुनलाई सडक नभई पनिहुँदैन, फेरि सडक बन्दैमा पैसा ह्वारह्वार्ती गाउँ छिर्दैन सडक जतिदुर्गमका बस्तीभित्र सम्म पस्दै जान्छ, विकासको उज्यालोपनि छिर्छ ।’ अहिले पुरचौडीमा यही परिवर्तन देख्न सकिन्छ ।
१० वर्षे सशस्त्र द्वन्द्वको चपेटामा जिल्लाकै सबै भन्दा बढी पुरचौडी नै पर्यो त्यतिबेला विकास निर्माणका कामदेखी भौतिक संरचना समेत भत्काइए । खास गरी २०५७को सुरुवातदेखी पुरचौडीमा द्वन्द्वको प्रभाव बढ्दै गएको हो ।
द्वन्द्वले पुरचौडीलाई वर्षौपछि धकेल्यो यो सबै मार सहदै बैतडीको उत्तरपुर्वस्थित पुरचौडी बिस्तारै तंग्रिन खोजिरहेको छ । २० वर्षअघि निर्माण कार्य सुरु भएको ढोल्यामोड–हाँट  सडक  हाटसम्म १८किमीसम्म गाडी गुडन थालेको छ । सडक पुगेपछि पुरचौडीबासीलाई केही सहज भएको छ । कच्ची सडकमा वर्षाको एकाध महिनाबाहेक अन्य समय मोटर गुडन थालेपछि स्थानीयको दैनिकी सहज भएको हो ।
यस्तै बझाङ्गको बित्थडबाट कुवाकोट, भटना जोड्ने गरेर अर्को सडक समेत भटनाको सीमा नदी बागागाडसम्म ट्याक खोलिएको छ  भने कुवाकोटसम्मको १८ किलामिटरसम्म गाडी गुडन थालेको छ ।
सडकबाहेक स्थानीय खोलाहरुबाट लघुजलविद्युत निकालेर धेरै ठाउँमा बत्ती पुगेको छ । लोडसेडिङ्गले सदरमुकाम वरपर अध्यारो हुदाँ ती गाँउमा भने बिजुली बलेको हुन्छ । विद्युत नपुगेका गाउँका अधिकांश घरमा सौर्य बत्ती छ, जसले गर्दा स्थानीयको जनजीवन सहजभएको काँग्रेस महाधिवेशन प्रतिनिधि एवम् हाट गाविसका पूर्व अध्यक्ष दिपकबहादुर बमले बताए ।
गाँउ–गाँउमा बाटो घाटो विद्यालय निर्माण भएका छन् । प्रत्येक गाविसमा माविसम्मका विद्यालय छन् । केही वर्ष अघिसम्म  मावि तहको पढाईकै लागि टाढा जानुपथ्र्यो भटनाका जनकराज भट्टले भने ‘हाँटस्थित डिलेश्वरी मावि जान दैनिक ५ घण्टा हिड्नुपथ्र्याे ।’ उच्चमावि मात्रै होइन अहिले हाँटमै स्नातकसम्म पढाई संचालन भएपछि पढाईको लागि बाहिर जानुपर्ने बाध्यता हटेको स्थानीय बताउँछन ।
‘यहाँको मुख्य समस्या भनेको सडक हो’ महादेवस्थानका अम्मरबहादुर भण्डारीले भने अहिले सडक नजिक पुगेपछि एक दिनमै सदरमुकाम पुग्न सकिन्छ । सडक पुग्नथालेपछि स्थानीय व्यापारी पनि हौसिएका छन् । व्यापार व्यवसाय बढ्ने भएपछि हौसिएका हुन् । उपभोक्ता पनि खुशी छन् । सस्तोमै समानपुग्ने गरेको स्थानीय बताउँछन् ।
सडककै कारण किसानले उत्पादन गरेको  कृषि उपज बजारसम्म पुर्याउन सहज भएको छ । बजार नपाउँदा बारीमै सड्ने गरेको थियो । हाँटकी मानमती कुवँरले भनिन् ‘बजार नपाउदाँ तरकारी थोरै लगाउथे यो वर्ष बढी लगाएकी छु, बारीमै खरिदका लागि व्यापारी आउन थालेका छन् ।’ भौतिक सुविधाको लागि तराईतिर बसाई सरेका पनि गाउँ फर्कन लागेको स्थानीय बताउँछन । विकास निर्माण लगायत अन्य आय आर्जनका काम गाउँमै पाउन थालेपछि बिदेशिने क्रमपनि रोकिएको हाँट गाविसका सचिव गोविन्दराज जोशीको भनाई छ ।
द्वन्द्व अघि हाँटमा कृषि विकास बैंक, नेपाल लिमिटेड बैंकका शाखा थिए तर ती कार्यालय पुनःस्थापना हुन सकेका छैनन् । यि कार्यालय स्थापित भए पुरचौडीको रुप फेरिने पूर्व जिविस सदस्य धर्मानन्द जोशी बताउँछन । शान्ति सम्झौतासँगै स्थानीयले द्वन्द्वको क्रममा विस्तापित भएका सरकारी कार्यालय तथा बैंक पुनस्थपनाको माग राख्दै आन्दोलन नै गरेका थिए । तत्काल प्रहरी चौकी, हुलाक, पशु, कृषि रेञ्जपोष्ट लगायतका कार्यालय पुनःस्थापित गरिएको मल्लादेही–४ का भवानी दत्त जोशीले बताए ।
गत असारदेखी हाँटमा इलाका प्रशासन कार्यालय स्थापनासँगै स्थानीयवासी खुशी भएका छन् । सरकारी कामको लागि सदरमुकाम जानुपर्ने बाध्यता केही हदसम्म कम भएको स्थानीय बताउँछन । सरकारी सेवा सहज रुपमा सेवा ग्राहीसम्म पुर्याउने सरकारी नितिअनुसार पुरचौडी हाटमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो । हाललाई नागरिकता, नागरिकताको प्रतिलिपी, नावालक परिचयपत्र, दिन थालिएको इलाका प्रशासन कार्यालयका कामु प्रमुख जयबहादुर कुवँरले बताए । बत्ती र बैंक भए राहदानी सिफारिस समेत यहीबाट दिन सकिने कामु प्रमुख कुवँरले बताए ।
राहदानी सिफारिसको लागि सदरमुकाम जानुपर्दा बढी खर्च हुने गरेको स्थानीय बताउँछन । बैंक नहुदाँ व्यापारीलाई असहज छ । ठूलो रकम बोकेर सामान लिन धनगढी जाँदा समस्या हुने गरेको हाँटका व्यापारी जनकबहादुर बिष्टले बताए ।
सडक पुगेपछि चहल पहलबढ्दा पुरचौडीका बासिन्दा दंग छन् । सदरमुकाम पुग्न दुई दिन लाग्थ्यो । आजभोली पाँच घण्टामै सदरमुकाम पुग्न थालेका छन् । नागरिकता लगायत जिल्ला प्रशासनका सेवा गाउँमै पाउन थालेपछि यहाँका बासिन्दा हर्षित छन् ।
पहिलेको भन्दाव्यापार व्यवसाय पनि बढ्न थालेको छ । पहिले हाँटमै मात्र बजार थियो अहिले धेरै ठाउँमा बजार खुल्न थालेका छन् । मल्लादेही, कोटिला, साफेबजार, भटना, कुवाकोट लगायतका ठाउँमा बजारीकरण बढन थालेको कुवाकोटका स्थानियबिक्रमबहादुर कुवँरले बताए ।
हाँटमै ठुल्ठुला पसलखोल्ने क्रम बढदै गएको छ । स्थानीय र बाहिरबाट आएका व्यापारीको व्यापारीक थलो बन्न थालेको स्थानीय बताउँछन । जिल्लाकै विकट मानिने पुरचौडीका बासिन्दा सडक सञ्जालले जोडिएपछि हर्षित भएका छन् ।










यसमा तपाईको मत

Loading...

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

बुँख्याचा मनको रंगशिल्प

बुँख्याचा मनको रंगशिल्प

'बुँख्याचा मन'को निर्देशकीय परिकल्पनाका दृष्टिले रंगमञ्च संयोजनले उच्चता प्राप्त गरेको देखिन्छ। मितव्ययी रंगप्रविधिबाट पनि यति गहिरो कथालाई सहजै प्रस्तुत गर्न...

'निशा नभएको भए म डुबिसक्थेँ'

'निशा नभएको भए म डुबिसक्थेँ'

सँगै नाटक गर्दागर्दै सुनील र निशाले एकअर्कालाई मन पराए, प्रेमिल व्यवहार दर्शाउन थाले। उनीहरूको कलिलो प्रेमको पालुवाले रंगमञ्चको पर्दा छिचोल्यो,...

'उपन्यासलाई नाटकमा उतार्न गाह्रो भयो'

'उपन्यासलाई नाटकमा उतार्न गाह्रो भयो'

जनकपुरमा रहँदा रेडियो नाटक गर्दागर्दै मैथिली नाट्यकर्मी रविन्द्र झाको सहयोगमा सरिता साह शरंगमञ्चमा प्रवेश गरेकी हुन्। नाटककै लागि २०६९ मा...

हलमा अस्कर विजेता फिल्म

हलमा अस्कर विजेता फिल्म

हलिउड फिल्म नेपालमा वितरण गर्दै आएको एप्पल इन्टरटेनमेन्टले अस्कर अवार्ड विजयी र मनोनीत तीन सिनेमा नेपाली मल्टिप्लेक्स हलमा प्रदर्शन गर्ने...

Fixed Ad