coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसदमा लम्पसारवाद र अराजकताको बहस

संसदमा बोल्दै रावल। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं- व्यवस्थापिका संसदमा लम्पसारवाद र अराजकताको चर्चा भएको छ। संसदको आजको बैठकमा एमाले उपाध्यक्ष भिम रावलले प्रवुद्ध समूहको बैठक पटक पटक स्थगित भएकोमा प्रश्न उठाए।  'यो सरकारले बैठक किन स्थगित गरेको हो?, उनले भने, ' सरकारले सार्वभौम अखण्डता र सीमा रक्षाको लागि सोच्न पर्छ। १९५० को सन्धि लगायतका कुरा हेर्ने त्यो बैठक किन स्थगित गरिएको हो।' यो सरकारलाई राष्ट्रको सुरक्षा भन्दा शब्दकोसमा रहेको लम्पसारवाद भन्ने शब्द मन पर्छ भन्दै रावलले प्रश्न गरे।

यो सरकारलाई राष्ट्रको सुरक्षा भन्दा शब्दकोसमा रहेको लम्पसारवाद भन्ने शब्द मन पर्छ ।

रावलले शान्तिपूर्ण राजनीतिक कार्यक्रमलाई अराजक देखेकोमा आपत्ति जनाए। 'राजनीतिक दलहरु जनताको बिचमा नजाने संविधानको कुरा नमान्ने र अरुले गर्दा अराजक भन्ने?' उनले भने 'यसरी लोकतन्त्रको दुहाई दिएर गोहिको आँसु किन खसाल्ने ?'  रावलले मेची महाकाली अभियानमा साथ दिनेहरुको प्रशंसा गरे। 'संविधानलाई टार्ने सार्ने अनेक बहाना बनाएर अन्यथा बाटोमा जाने वातावरण नबनोस्', उनले भने।  

'लोकतन्त्र मान्छु भन्ने चुनावमा जान नमान्ने र अरुले जाउँ भन्दा अराजकता भयो भन्ने?' रावलले प्रश्न गरे।

कांग्रेस सांसद रामहरि खतिवडाले प्रतिपक्षी दलले कसैको कुरा नमानी देशव्यापीरुपमा गाली गर्दै हिंड्नु गलत भएको बताए। 'अरु दलै होइनन् हामी मात्रै दल हो भनेर एउटा दल हिँडेको छ,' उनले भने,  'अरुको अस्तित्व नस्वकार्ने र अराजकता फैलाउने बाटोमा गएको छ।' एमालेले आफु मात्रै राष्ट्रवादी भएको भन्नै अरुको अस्तित्व अस्विकार गर्न खोजेको बताए। संविधान कार्यान्वयन गर्न एक भएर लाग्न उनले आग्रह गरे। 'अरुलाई होच्याउँदै अस्विकार गर्दै जाने प्रवृत्ति चुनावमा जाने प्रवृत्ति होइन', खतिवडाले भने।

प्रकाशित: ७ चैत्र २०७३ १०:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App