७ वैशाख २०८१ शुक्रबार
समाज

नेपाली सेनाले सघन स्वास्थ्य शिविर गर्दै

रौतहट- स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेनाले नेपालमा पहिलोपल्ट आयोजना गर्न लागेको निशुल्क सघन स्वास्थ्य शिविरको सम्पूर्ण तयारी पूरा भएको छ। रौतहटको गौरस्थित जिल्ला प्रहरी कार्यालयको व्यारेक फिल्डमा आयोजना हुने सप्ताहव्यापी स्वास्थ्य शिविर मंगलवारदेखि हुने र त्यसको सम्पूर्ण तयारी पूरा भएको नेपाली सेनाको पुरेनवास्थित इन्द्र बक्स गणका प्रमुख कर्णेल राजु कार्कीले जानकारी दिए।

नेपाली सेनाको सैनिक अस्पताल छाउनीका एनेस्थेसिया डा. उदयवज्र वज्राचार्यको नेतृत्वमा १९ जना दक्ष डाक्टरको टोली निशुल्क स्वास्थ्य शिविरका लागि आइपुगेका छन्। पाठेघर खसेको, स्त्रीरोग सम्बन्धी, पित्त थैलीको अपरेसन, पथरीको अपरेसन, हाइड्रोशीलको अपरेसन, सिस्ट मासा, हरनियाँ, फिस्टुला, ब्लडप्रेसर जाँच, दाँतको उपचार, आँखा, कान, नाक, कान, घाँटी लगायतको उपचार, शल्यक्रिया र औषधिसमेत निशुल्क रुपमा प्रदान गरिने कर्णेल कार्कीले बताएका छन् । शिविरमा शल्यक्रिया हुने बिरामीलाई आतेजाते यातायात खर्च पनि उपलब्ध गराइने जानकारी गराइएको छ।

स्वास्थ्य मन्त्रालयले शिविरको लागि रकम र औषधिको व्यवस्था गरेको तथा नेपाली सेनाले डाक्टर, प्राविधिक र व्यवस्थापन गरेर समन्वयमा भइरहेको सप्ताहव्यापी निशुल्क उपचार शिविरमा रौतहट जिल्लाका साथै सर्लाही, बारा र भारतबाट समेत विरामी आउने विश्वास गरिएको छ।

प्रकाशित: ७ चैत्र २०७३ ११:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App