coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

मिस नेपाल २०१७ का लागि आवेदन खुला

काठमाडौं- मिस नेपालको २०१७ को लागि आवेदन खुला गरिएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा मिस नेपालको आयोजक द हिडन ट्रेजरले आवेदन खुला गरिएको जानकारी गराएको थियो।
'मिस नेपाल २०१७ मा सहभागि हुन चाहने प्रतियोगिहरूले मिस नेपालको आधिकारिक वेवसाइट मिस नेपाल डटकममा गएर फर्म भर्न सक्नेछन्,'आयोजक द हिडन ट्रेजरका गोपालसुन्दरलाल कक्षपतिले भने,' फाईनलमा बढीमा २० जना प्रतियोगिहरू सहभागि हुनेछन्। चैत मसान्तसम्ममबाट अडिसन सुरू गर्नेछौं।'

प्रतियोगितामा १९ देखि २४ वर्षका ५ फिट ४ इन्च उचाई भएका अविवाहित र बच्चा नजन्माएका प्लस टु अध्ययन सिध्याइसकेका नेपाली नागरिकतासहित नेपाली पासपोर्ट भएका युवतीहरूले आवेदन दिनसक्ने मापदण्ड आयोजकले तोकेको छ।

अडिसन राजधानीबाहेक धरान, बिराटनगर, चितवन, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा हुनेछ। यस वर्ष मिस नेपालको फाईनल आगामी जेठ १९ मा राजधानीको अन्नपूर्ण होटलमा आयोजना हुँदैछ।

प्रकाशित: ७ चैत्र २०७३ १३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App