असिनाले ढाकेपछि भेडेटार सेताम्य (फोटो फिचर)

सोमबार, ०७ चैत २०७३, २० : ०१ रोहित राई

भेडेटार- भेडेटारको मौसम अनि सौन्दर्यले त्यसैपनि जो कोहीलाई लोभ्याउँछ। बादलसँग लुकामारी खेलिरहने भेडेटारलाई सोमबार भने हिउँ झै असिनाले ढाकेपछि पर्यटकहरुको घुइचो लाग्यो।

                बर्षासँगै परेको असिनाले भेडेटार र आसपासको डाँडा ढाकिएपछि ‘हिउँ परेको’ भन्दै फेसबुकमा पोष्ट गरिएको तस्बिर र भिडियोहरु भाइरल बन्यो। आन्तरिक पर्यटकसँगै भारतीय पर्यटकहरुको पनि भेडेटारमा ताती लाग्यो । मोटरसाइकल र चार पांग्रे गाडीले सडक जाम भयो । पर्यटकहरु हिउँ झै असिनासँग खेल्दै रमाएको रोमाञ्चक दृष्य देखिन्थ्यो। तिनैमध्येका एक हुन, धरान ८ स्थित गजुरमुखी ट्रेड एण्ड सर्भिस लिंकका प्रोपाइटर गोपाल आचार्य। हिउँ परेको सुन्नेबित्तिकै उनी साथीहरुसँग भेडेटार हुइकिएका थिए । ‘असिना परेको त देखेको थिए, तर यतिको मोटो पहिलो पटक देखेको हुँ । त्यसैले मन थाम्नै सकिन र रमाइलो गर्न आयौं’–उनले भने।

भेडेटारका बुढापाकाहरु भने २२ बर्षपछि मोटो हिउँ परेको भन्छन् । स्थानीय तथा भेडेटार खानेपानी तथा सरसफाई समितिका अध्यक्ष ६१ बर्षीय हरिबहादुर लिम्बुका अनुसार यसअघि २०५१ सालमा भेडेटारमा यस्तै मोटो हिउँ परेको थियो । ‘यो मोटो हिउँ नै हो । उच्च हिमाली भेगमा पातलो हिउँ पर्छ, जलवायु परिवर्तनले गर्दा यहाँ चै मोटो हिउँ परेको हो’–उनले भने–‘आज यही हिउँ हेर्नलाई पर्यटकहरुको घुइचो छ ।’ उनका अनुसार दिउँसो करिब २ बजेपछि पानीसँगै असिना र मोटो हिउँ पर्न शुरु गरेको थियो। डाँडाकाँडासँगै सडकमा डेढदेखि अढाई फिटसम्म मोटो हिउँ थुप्रिएपछि सवारी जाम भएको थियो।

भारतले पुरानो ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाएपछि अर्थतन्त्रसँगै पुर्वको पर्यटनलाई पनि असर पुगेको थियो । असिना(मोटो हिउँ) परेपछि भारतीय पर्यटकहरुकोसमेत पुनः आगमन बढ्नेमा भेडेटारका पर्यटन व्यावसायीहरु आशावादी छन् । ‘आजै पनि भारतीय पर्यटकहरु धेरै आए । हिउँ परेको भन्ने सन्देश जादा भविष्यमा अझ बढ्छन् भन्ने आशा छ’–होटल भेडेटार भ्यु की सञ्चालिका पद्मिनी रुम्दाली राईले भनिन्।

















यसमा तपाईको मत

अन्य समाचार

बाबुरामले हेरे ‘घामपानी’

बाबुरामले हेरे ‘घामपानी’

स्थानीय चुनावको चटारो छलेर पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई  बिहीबार फिल्म हेर्न कुमारी हल पुगेका छन्...

‘तपाेवनले सच्चा मित्र गुमायो’

‘तपाेवनले सच्चा मित्र गुमायो’

बिहीबार मध्याह्न एकाएक इन्टरनेटमा अभिनेता विनोद खन्नाको निधन भएको खबर भाइरल बन्यो । खबर काठमाडौंको ओशो तपोवनसम्म पुग्न समय लागेन...

‘कहिलेसम्म भात खान मात्र फिल्म बनाउने ?’

‘कहिलेसम्म भात खान मात्र फिल्म बनाउने ?’

‘फिल्म कसका लागि बनाउने ? फिल्म बनाउनुको ठोस उद्देश्य के हो ?’ आइतबार राजधानीमा फिल्म ‘नुमाफुङ’ हेरिसकेपछि यसका निर्देशक नविन...

‘मुसाफिर’ लिएर आए नृपेश

‘मुसाफिर’ लिएर आए नृपेश

पन्ध्र वर्षदेखि बेलायत बस्दै आएका गीतकार तथा गजलकार नृपेश उप्रेतीले ‘मुसाफिर’ नामक गजलसंग्रह गजल पारखीमाझ ल्याएका छन् । केही दिनअघि...