७ वैशाख २०८१ शुक्रबार
प्रवास

मुसहर बस्ती निर्माणका लागि धुर्मुस–सुन्तलीलाई बोष्टनबाट १३ लाख

विजय थापा

वासिङ्टन डिसी—बर्दिबासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि मार्च १९ मा बोस्टनमा भएको ुधुर्मुस (सुन्तली अभियान सहयोग कार्यक्रमु बाट १३ लाख नेपाली रुपैयाँ सङ्कलन भएको छ।

कार्यक्रमको प्रचारप्रसार संचार माध्यममा प्रकाशमा आए पछि न्युयोर्क, भर्जिनिया, कनेक्टिकट, बोस्टन तथा अन्य राज्यहरुबाट समेत आर्थिक सहयोग भएको समूहका सदस्य शिव प्रकाशले बताए।

कार्यक्रमको प्रचारप्रसार संचार माध्यममा प्रकाशमा आए पछि न्युयोर्क, भर्जिनिया, कनेक्टिकट, बोस्टन तथा अन्य राज्यहरुबाट समेत आर्थिक सहयोग भएको समूहका सदस्य शिव प्रकाशले बताए। कल्याणकारी कामका लागि बोस्टनबासी सधैँ अग्रणी रहेको सन्दर्भमा एउटै कार्यक्रमबाट १३ लाख रुपैयाँ संकलन भएको हो।

सामाजिक संघरसंस्था बिना नै सामुहिक प्रयास र हातेमालो गर्दै बोस्टन बासीले धुर्मुस-सुन्तली अभियानको लागि त्यति रकम उठाइएको हो।

कार्यक्रममा शिव प्रकाशले विशेष प्रस्तुति दिँदै अमेरिकामा बसेर पनि नेपालका भ्रष्ट नेताको खराउ पूजा किन गरि रहेका छौंरु भन्दै नेतृत्व वर्ग अमेरिकाको भ्रमणमा आउँदा अमेरिकामा देखिएको र भोगिएको वास्तविकता सुनाएका थिए।

कर्मवीर धुर्मुस-सुन्तली अभियान लाई सहयोग गरौं भन्ने मुख्य उद्देश्य रहेको बताउँदै उठेको रकम एक पैसा पनि खर्च नकटाई शतप्रतिसत धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरिने उनले बताए।

धुर्मुस-सुन्तली अभियान सहयोग कार्यकम गर्ने समुहमा शिव प्रकाश,सुशील पौडेल, निर्मला शेरचन, राधेश्याम यादव, सुरेश वाग्ले, मबि सिंह, सुन्दर गुरुङ तथा जितेन्द्र श्रेष्ठ (बम्बे मार्केट) रहेका छन्। रात्री भोजन हिमालयन बिस्ट्रोले निःशुल्क उपलब्ध गराएको थियो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App