एक चीन नीतिविरुद्ध नजान भारतलाई चेतावनी

मङ्गलबार, ०८ चैत २०७३, १० : ४० नागरिक


बेइजिङि- भारतीय सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामालाई निम्त्याइएको बिषयमा चीनले भारतसँग चर्को असन्तुष्टि व्यक्त गरेको छ।

चीनको राजधानी बेइजिङमा सोमबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुन्यिङले चीन र भारतबीचको दुई पक्ष्ीय सम्बन्ध नबिगार्ने भए चीनको मुख्य चासोविरुद्ध नजान र एक चीन नीति प्रति सजग रहन भारतलाई चेतावनी दिएकी छिन्।

'चीनको चासोविरुद्ध गएर दलाई लामालाई बौद्ध सम्मेलनमा भारतले निम्त्याएको छ', बेइजिङमा प्रवक्ता हुवाले पत्रकारहरुसँग भनिन्।

बौद्ध सम्मेलन भारतीय सरकारले आयोजना गरेको थियो। 'भारत सरकारको निर्णयप्रति चीन असन्तुष्ट छ र यसको कडा प्रतिवाद गर्दछ।' 'हामी भारतलाई चीनको मुख्य चासोको सम्मान गर्न र दुई देशको सम्बन्ध बिगार्नेतर्फ कदम नचाल्न आग्रह गछौं', उनले भनिन्।

गत शुक्रबार भारतको बिहार राज्यमा भएको अर्न्तराष्ट्रिय बौद्ध सम्मेलनको उद्धाटन तिब्बतका निर्वासित नेता दलाई लामाले गरेका थिए। उक्त सम्मेलनमा कयौं देशका बौद्ध भिक्षु र अध्येताहरुको सहभागिता रहेको बताइएको छ।

दलाई लामालाई गत महिना भारतले तिब्बतसँग नजिक रहेको भारतको अरुणाञ्चल प्रदेशको भ्रमण गर्न दिएको बिषयमा पनि चीनले असन्तुष्टि व्यक्त गरेको थियो। पछिल्ला केही समय यता चीन र भारतबीच दलाई लामालाई लिएर कूटनीतिक समस्या उत्पन्न भइरहेका छन्। पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवाले भारतलाई एक चीन नीतिप्रति सजग रहन चेतावनी दिएकी थिइन्।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

तस्विरमा कलाकारको भाइटीका

तस्विरमा कलाकारको भाइटीका

तिहारको अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरंगी वा...

मुसहरबासीले धुर्मुस सुन्तलीको पुजा गर्दै लक्ष्मी भित्र्याए

मुसहरबासीले धुर्मुस सुन्तलीको पुजा गर्दै लक्ष्मी भित्र्याए

धुर्मुस सुन्तलीले निर्माण गरेको एकिकृत नमूना मुसहर बस्तीमा बसिरहेका स्थानीयहरुले उनीहरुको तस्बिरमा पुजा गर्दै लक्ष्मी भित्र्याएका छन् । धुर्मुस सुन्तली...

तिहारलाई कोसेली ‘रानी’ र ‘रुद्रप्रिया’

तिहारलाई कोसेली ‘रानी’ र ‘रुद्रप्रिया’

तिहारलाई लक्षित गर्दै बिहीबार अर्थात लक्ष्मीपूजाको दिनबाट दुई फिल्म ‘रुद्रप्रिया’ र ‘रानी’ प्रदर्शनमा आउँदैछन् । चाडबाडलाई लक्षित गरी फिल्म प्रदर्शन...

कार्यक्रमको सभापति नै आलु  !

कार्यक्रमको सभापति नै आलु !

कुनै पनि औपचारिक कार्यक्रममा उद्घोषकले विशिष्ट व्यक्तिलाई प्रमुख अतिथी वा सभापति राखेर कार्यक्रम सञ्चालन गर्छन् । तर, मंगलबार यस्तो परम्पराभन्दा...