coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

असिना, हावाहुरीले लिची र आँपमा क्षति

सप्तरीमा परेको असिना। तस्विर सौजन्यः शुभक महतो

गाईघाट (उदयपुर)—सोमबार दिउँसो आएको हावाहुरी र असिनाका कारण उदयपुर जिल्लाको त्रियुगा नगरक्षेत्रको खैजनपुर बगाहालगायत पूर्वी क्षेत्रको जोगिदह, हँडिया तथा सुन्दरपुर क्षेत्रका लिची तथा आँपमा व्यापक क्षति भएको छ।

अचानक वर्षासँगै आएको हावाहुरी र असिनाले भर्खरै फुल्न लागेको आँप र लिचीको फूल व्यापक रुपमा असिनाले खसाएर क्षति पुर्‍याएको कुरा जोगिदहका स्थानीय दिनेश चौधरीले बताए। दक्षिणी क्षेत्रबाट आएको वर्षासँगैको हावाहुरी तथा असिनाले हँडिया र सुन्दरपुर क्षेत्रमा भर्खरै फुल्न थालेको आँप र लिचीको फूललाई क्षति पुर्‍याएको हँडिया राजाबासका स्थानीय राजकुमार प्रधान बताउँछन्।

'यो आँप र लिचीको फूल फुल्ने र फल लाग्न सुरु गर्ने समय हो, आफूहरुको बगैँचामा आँप तथा लिची फुलेर भर्खरै सानासाना फलसमेत लाग्न सुरु गरेका बेला अचानक आएको असिनाले फूल खसाइदिएको छ, यसपटक यस क्षेत्रमा आँप र लिची उत्पादनमा ठूलो क्षति पुगेको छ', उनले भने।

यता जिल्लाको पूर्वी क्षेत्रको तपेस्वरीको भागलपुर क्षेत्रमा समेत असिनाका कारण आँपको फूलमा क्षति पुगेको भागलपुरका डिकबहादुर राई बताउँछन्। उदयपुर जिल्लामा जोगिदह, हँडिया, सुन्दरपुर र तपेस्वरी क्षेत्र आँपको पाकेट क्षेत्र मानिने गरेको छ। यसक्षेत्रमा लामो समयदेखि धेरै कृषकले व्यावसायिकरुपमा आँप तथा लिचीखेती गर्दै आएका छन्। रासस

प्रकाशित: ८ चैत्र २०७३ ०५:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App