८ वैशाख २०८१ शनिबार
राजनीति

माओवादी संसदीय बैठकमा प्रधानमन्त्रीको चर्को विरोध

काठमडौं- माओवादी केन्द्र, संसदीय दलको बैठकमा बजेट रकमान्तर गर्दा असन्तुलित भएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन्। संसदीय दलको कार्यालय सिंहदरवारमा भएको बैठकमा सरकारले पछिल्लोपटक रकमान्तर गरेको बजेट असन्तुलित भएको भन्दै सांसदहरुले विरोध गरेका हुन्।

'शक्तिशाली नेताहरुले आफ्नो जिल्लामा आफूअनुकुल बजेट रकमान्तर गरे,' एक सांसदले प्रश्न गर्दै भने, 'बजेट रकमान्तर गर्न शक्तिशाली नेता हुनपर्ने हो?'

बैठकमा सात प्रदेशकै सांसदहरुले निर्वाचनमा जानुअघि संगठन सुदृढ गर्नुपर्ने बताएका थिए। उनीहरुले निर्वाचनको लागि संगठन सुदृढ गर्ने योजना आउन नसकेको भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग योजना मागेका थिए।

सांसदहरुले रुकुम, चितवन, रोल्पालगायतका जिल्लामा बढी बजेट रकमान्तर भएको र अरु जिल्ला हेरेको हेरै भएको भन्दै प्रधानमन्त्रीसँग जवाफ मागेका थिए। 'शक्तिशाली नेताहरुले आफ्नो जिल्लामा आफूअनुकुल बजेट रकमान्तर गरे,' एक सांसदले प्रश्न गर्दै भने, 'बजेट रकमान्तर गर्न शक्तिशाली नेता हुनपर्ने हो?'

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण, स्थानीय निर्वाचन र सांगठनिक विषयमा छलफल भएको माओवादी सांसद गिरिराजमणि पोखरेलले नागरिकन्युजलाई बताए।

बैठकमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयकको पक्षमा माहोल बनाउन सांसदहरुलाई निर्देशन दिएका थिए। उनले स्थानीय निर्वाचनमा जुट्न सबै सांसदहरुलाई आग्रह गरेका थिए।

प्रधानमन्त्रीको बैठक कार्यव्यस्तताका कारण पर्सी बिहीबारको लागि स्थगित गरिएको छ। प्रधानमन्त्रीले सरकारको कामकरबाहीबारे आफ्ना सांसदहरुलाई जानकारी गराएका थिए।

 

प्रकाशित: ८ चैत्र २०७३ ०६:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App