८ वैशाख २०८१ शनिबार
समाज

सेनाको एक साता लामो निशुल्क स्वास्थ्य शिविर शुरु

रौतहट-स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा रौतहटको सदरमुकाम गौरमा मंगलवारदेखि साताव्यापी घुम्ती सघन स्वास्थ्य शिविर संचालन भएको छ। निशुल्क सघन स्वास्थ्य शिविर संचालनमा आएसँगै जिल्लामा उत्साह छाएको छ।

चैत ८ गते देखि १४ गतेसम्म संचालन भईरहेको शिविरमा महिलाहरुमा हुने पाठेघरको रोग, आङ खस्ने, स्तनको रोग, पत्थरी, पित्तथैलीको रोग तथा पुरुषहरुमा हुने हाइड्रोशिल, हर्निया, दम, गलब्लाडरमा हुने पथ्थरी, ढाड, डेन्टल लगायका रोगीहरुलाई निशुल्क रुपमा स्वास्थ्य परीक्षण गरी उपचार गरिने र शैल्यक्रियाको माध्यमबाट निको हुने रोगको हकमा शल्यक्रियासमेत गरिने शिविरका प्रमुख चिकित्सक महासेनानी उदयबज्र बज्राचार्यले जानकारी दिए।

शिविरमा महिला एमएस सर्जनमा डा. ज्योति रायमाझी, डा. प्रमोद यादव, डेण्टलमा डा. रेशम कोइराला, गाइनाक्लोजीमा डा. रत्ना खत्री, डा. निशा राई, डा. जेवा तमसुम जेनरल फिजिसियनमा डा. सर्वेश शर्मा, डा. शुशिल बराल र डा. समिर मल्ल सहित स्टाफ नर्स गरी २२ जनाको चिकित्सकहरुको टोलीले स्वास्थ्य सेवा दिइरहेको महासेनानी डा. बज्राचार्यले बताए।

शिविर स्थलमै अत्याधुनिक सेवा सहितको ल्याव परिक्षण, अल्ट्रासाउण्ड, एक्सरे, इसिजी लगायत आवश्यक सबै सेवा उपलब्ध रहेको बताउदै महासेनानी बज्राचार्यले रौतहट बाहेक अन्य जिल्लाका विरामीहरु आएर स्वास्थ्य परिक्षण गराउनेहरुको विहानै देखि घुइचो लागेको बताए । एक दिनमा दुई सय जना गम्भीर प्रकृतिको विरामीहरुलाई स्वास्थ्य परिक्षण गर्ने लक्ष्य राखिएपनि सर्वसाधारण महिला एवं पुरुषहरुको घुइचोलाई हेर्दा ५ सय भन्दा बढि विरामीहरुलाई जाँच गरिने तै पनि भ्याई नभ्याइरहेको अवस्था भए पनि संयमतापूर्वक सेनाले काम गरिरहेको बताए।

प्रकाशित: ८ चैत्र २०७३ १४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App