१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

पूर्वमा राईजिङ स्टार छानिदै

राईजिङ स्टार छान्ने क्रममा गरिएको साँस्कृतिक कार्यक्रम । तस्विर : गिरिराज बाँस्कोटा

पाँचथर –  पूर्वी पहाडी जिल्लाबाट गायन र नृत्यमा नयाँ प्रतिभाको खोजी गरी अवसरको सृजना गर्ने उद्देश्यले राईजिङ स्टार –२ को छनौट सञ्चालन भइरहेको छ । पूर्वका पाँचथर, ताप्लेजुङ, इलाम र तेह्रथुमका प्रतिभाको छनोट गर्ने गरी गत पुष देखि दोश्रो राईजिङ स्टार कार्यक्रम सञ्चालन भइरहेको छ ।
गीत, संगीत, नृत्यको माध्यमबाट स्थानीय पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्दै प्रतिभाको खोजी गर्ने कार्यक्रम मञ्जरी कला केन्द्र राँकेले अघि बढाएको हो । पुष–१५ देखि सुरु भएको राईजिङ स्टारको दोश्रो सिजनमा तेश्रो चरणको छनोट सकिएको केन्द्रका अध्यक्ष केवल तामाङले जानकारी दिए । ठूलो उद्देश्य नभई ग्रामिण क्षेत्रमा लुकेर रहेका प्रतिभालाई अवसर सृजना गर्ने गरी यो कार्यक्रम अघि सारिएको तामाङ बताउँछन् । 
गायन र नृत्य दुवै तिरको अडिसन सञ्चालन गरिएको छ । पहिलो चरणमा १३ स्थानका एक सय ५० जना सहभागि थिए । तेस्रो चरणमा आहिपुग्दा दुवै विधामा ३०/३० जना छनोट भएका छन् । यि छानिएका ३० जनालाई बन्द प्रशिक्षण गराइएको छ  । गायन तर्फ विनोद खम्बु र नरेश श्रेष्ठ तथा नृत्य तर्फ रामविर राई र सुमन लामाले प्रशिक्षण दिएका थिए । यसपछि भोटिङ राउण्ड सञ्चालन गर्ने तामाङले जानकारी दिए ।
चैत–१९ गते उत्कृष्ट २०/२० छनौट गर्ने योजना छ । यसपछि उत्कृष्ट १०/१० र उत्कृष्ट ५/५ गरी दुवै विधामा वैशाखमा राईजिङ स्टार छान्ने योजना छ । गायन तर्फ राईजिङ स्टार हुनेले चलचित्र, गीति एल्बममा गाउने तथा सांगीतिक कार्यक्रमका लागि विदेश भ्रमणको अवसर पाउने तामाङले जानकारी गराए । यस्तै नृत्यमा पनि चलचित्र तथा म्यूजिक भिडियोमा अभिनय गर्ने तथा विदेशको कार्यक्रममा अवसर दिइने छ । रनरअफले एउटा एल्बममा गीत गाउने तथा नृत्य तर्फको ले म्युजिक भिडियोमा अभियन गर्न दिइने र विदेश भ्रमण गराउने तामाङले बताए । 

प्रकाशित: ९ चैत्र २०७३ ०७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App