coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

छोरीहरुलाई जागिर लगाएको विवादमा मन्त्रीद्वारा राजीनामा

पेरिस—फ्रान्सका गृहमन्त्री रुनोल रुक्सले छोरीहरुलाई जागिर लगाएको विवादमा राजीनामा दिएका छन्। विवादले ठूलो रुप लिएको कारण उनले राजीनामा दिएका हुन्।

उनीविरुद्ध संसदीय सहयोगीका रुपमा आफ्ना  दुई छोरीहरुलाई जागिर दिएको र भ्रष्टाचार गरेको मुद्दा लागेको छ। सरकारलाई असहयोग गर्न नचाहेको भन्दै उनले राजीनामा बुझाएका हुन्। भ्रष्ट्राचार आरोपलाई भने उनले खण्डन गरेका छन्।

आफ्ना छोरीहरु इन्टर्नसीपका रुपमा कार्यरत भएर पनि मन्त्रीको सहयोगीका रुपमा रकम लिएको खुलेको थियो। उनले सन् २००९ देखि २०१६  सम्ममा राज्य कोषको ६० हजार डलर छोरीलाई दिएको समेत सार्वजनिक भएको छ।

 

प्रकाशित: ९ चैत्र २०७३ १२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App